वागमति प्रदेशस्तरिय भलिवल प्रतियोगिता सम्पन्न

पुरुषतर्फ लिखु तामाकोशीले जित्यो उपाधि, महिलातर्फ म्यागङ विजेता
लोकखबर
५ बैशाख २०८२, शुक्रबार २१:१७

विदुर–खेल पर्यटनमा जोड दिदै नुवाकोटको दुप्चेश्वरमा सन्चालित छैटौं दुप्चेश्वर कप बागमती प्रदेश अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । यसका साथै नुवाकोट जिल्ला अन्तरगाउँपालिका स्तरिय महिला भलिवल प्रतियोगितासमेत सम्पन्न भएको छ ।
दुप्चेश्वर गाउंपालिकाको आयोजनामा सन्चालित सो प्रतियोगिताको शुक्रवार भएको फाइनल खेलमा रामेछापको लिखु तामाकोशी गाउंपालिकाले बागमती प्रदेश अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधि उचालेको हो । धादिङको रुविभयाली गापा भलिवल समूह उपविजेता भएको छ ।
प्रतियोगितामा आयोजक नुवाकोटको दुप्चेश्वर गाउंपालिका तृतीय र म्यागङ गापाले सान्त्वना पुरस्कार हात पारेको छ । प्रतियोगिताको विजेताले एकलाख ११ हजार एकसय ११, उपविजेताले ५५ हजार पांचसय ५५, तृतीयले ३३ हजार तीनसय ३३ र सान्त्वनाले १५ हजार ५ सय ५५ रुपैया राशीको पुरस्कार थापेका छन् ।
जिल्लास्तरिय महिला भलिवलतर्फ म्यागङ गापाले उपाधि जितेको छ । आयोजक दुप्चेश्वर उपविजेता र लिखु गापा महिला भलिवल समूह तृतयि भएको छ ।
महिलातर्फ विजेताले ५५ हजार, उपविजेताले ३३ हजार तीनसय ३३, तृतीयले १५ हजार पांचसय ५५ र सान्त्वनाले सात हजार सात सय ७७ रुपैया राशीको पुरस्कार हात पारेका छन् । नगद पुरस्कारका साथ शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको आयोजक दुप्चेश्वर गापा खेलकुद शाखाका गोकर्ण गुरागाइले जानकारी दिए ।
विजेता तथा उपविजेतालाई पुर्व कृषि राज्यमन्त्रि तथा वागमति प्रदेश सभा सदस्य राधिका तामाङले पुरस्कृत गरिन् । उनले खेलकुद मानव जीवनको महत्वपुर्ण विषय भएका कारण यसको विकास र विस्तारमा तीनै तहको सरकार क्रियाशील भएको वताइन् ।
पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले यस प्रतियोगितावाट खेल पर्यटन तथा खेलाडिहरुको पहिचानमा मद्धत पुगने वताए । ग्रामीण भेगमा गरिएका यस प्रकारको भलिवल खेलले विकास तथा खेलाडि पहिचानका लागि मद्धत पुगेको खेलप्रेमी पुर्णलाल श्रेष्ठले वताए ।
दुवै प्रतियोगितामा विभिन्न सात विद्यातर्फ उतकृष्ट भएकाहरुलाईसमेत पुरस्कार प्रदान गरिएको छ । कल्याण माविको खेल मैदानमा सन्चालित सो प्रतियोगितामा वागमति प्रदेशका आठ पालिकाको सहभागिता रहेको थियो ।
प्रतियोगिता समापन कार्यक्रममा आयोजक दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, नेकपा एमालेका नेता राजकुमार पण्डितलगायतले मानिसलाई खेल जीवनले सत्मार्गमा लैजाने भएको हुंदा यसको महत्व रहेको वताए । प्रतियोगितावाट खेल पर्यटनमा वढोत्तरी हुने अपेक्षासमेत गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*