पर्यटकिय फुङफुङ झरनामा आन्तरिक तथा वाह्य पर्यटक वढ्दै

मैनालीले गरे उद्घाटन
लोकखबर
११ बैशाख २०८२, बिहीबार १९:५८

विदुर–नुवाकोटको सादीखोलामा रहेको झरना पर्यटकिय गनतव्य वन्दै गइरहेको छ । यस झरनामा दैनिक आन्तरिक तथा वाहय पर्यटकहरु जने क्रम वढिरहेको छ ।
पर्यटन प्रबद्र्धन गर्न उद्धेश्यका साथ ककनी गाउंपालिका ४ सादीखोलामा रहेको फुङगफुङग झरनाको उद्घाटन गरिएको छ । सो झरनामा विदाको दिन तथा अन्य दिनमासमेत पर्यटकहरु आउने क्रम वढिरहेको वडाध्यक्ष सोनाम लामाले वताए ।
उनका अनुसार फुङगफुङग झरनामा जानका लागि पासाङल्हामु मार्गको रानीपौवा वजार र पैतिसकिलो वजारवाट जान सकिन्छ । काठमाडौवाट यातायातमा दुई घण्टा र नुवाकोटको विदुरवाट डेढ घण्टाको दुरीमा रहेको सो झरनामा जान मुल सडकमार्गवाट जाने पक्कि र व्यवस्थित संरचनाहरु निर्माण भइरहेका छन् ।
यसलाई स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले मुख्य पर्यटकिय गन्तव्यका रुपमा अगाडि वढाउनु पर्ने झरनाको उद्घाटन गर्दै वागमति प्रदेशका पुर्व कृषिमन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले वताए । उनले पर्यटन बिभागमा सुचिकृत ककनी सादीखोलास्थित फुङफुङ झरनाले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने वताए ।
सो झरनामा जानका लागि आकर्षक चारसय ५० वटा सिढी निर्माण भइरहेको छ । तीनसय ६७ वटा सिढी वनिसकेको र अन्य सिढीहरु वनिरहेको ककनी ४ का वडाध्यक्ष सोनाम लामाको भनाई छ ।
सो झरनाको प्रवद्र्धन, भौतिक संरचना निर्माणका लागि हालसम्म ५५ लाख रुपैया फर्छैट भइसकेको वडाअध्यक्ष सोनाम लामाको भनाई छ । त्यसका लागि एमाले नुवाकोटका अध्यक्ष तथा पूर्वमन्त्री बद्री मैनालीमार्फत गत २०७६ सालमा २५ र २०७७ सालमा १५ लाख रुपैया निकासा भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*