प्रधानसेनापति र विदुरका मेयरको भेट

ऐतिहासिक स्थलको पुर्ननिर्माणमा जोड
लोकखबर
१२ बैशाख २०८२, शुक्रबार २२:०३

विदुर–प्रधानसेनापतिसंग नुवाकोटको विदुर नगरपालिकाका मेयरले भेट गरेका छन् । भेटका क्रममा नुवाकोटका ऐतिहासिक सम्पदाको संरक्षण आवस्यक रहेको ठहर गरिएको छ ।
सेनाको सहयोगद्वारा नुवाकोटस्थित ऐतिहासिक बारुदखानाको पुनर्निर्माण र एकीकरण पार्क निर्माण गर्न सेनालाई नुवाकोटवासीको तर्फवाट विदुर नपाका मेयर राजन श्रेष्ठको टोलीले ध्यानाकर्षण गराएको छ । नुवाकोट ऐतिहासिक, धार्मिक तथा पुरातात्विक रुपमा निकै महत्व वोकेको स्थान भएका कारण ति वस्तुहरुको संरक्षणमा विदुर नपाले अभियान सन्चालन गरेको छ ।
विदुरका मेयर श्रेष्ठको टोलीले नेपाली सेनाले बनाएको देशकै पहिलो ऐतिहासिक बारुदखानाको संरक्षण र पुनर्निर्माण गर्नुका साथै नुवाकोटको साततले दरवार क्षेत्र वरपर ‘एकीकरण पदमार्ग, एकीकरण स्मारक तथा जैविक पार्क’ निर्माण गर्न नेपाली सेनालाई ध्यानाकर्षणसहित पत्र बुझाएको हो । विदुर २ मा रहेको उक्त ऐतिहासिक स्थल केही दिन अगाडि मात्र मेयर श्रेष्ठले नुवाकोटस्थित नेपाली सेनाका अधिकारीहरुसहित स्थलगत अवलोकन गरेका थिए ।
अवलोकनपछि मेयर श्रेष्ठले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग टेलिफोनमार्फत छलफल गरि सेनाको केन्द्रीय कार्यालयमा प्रधान सेनापतिको कार्यकक्षमै सिग्देलसंग भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् । ऐतिहासिकस्थल तीनधारा हिटीको पश्चिमतर्फ रहेको बारुदखाना गतं. १८०१ सालमा पृथ्वीनारायण शाहको सैनिक फौजले नुवाकोटमाथि विजय प्राप्त गरेपछि निर्माण गरिएको ऐतिहासिक तथ्य पाइन्छ ।
अहिले खण्डहर अवस्थामा रहेको बारुदखानाको पुनर्निर्माण तथा प्रवद्र्धन गर्न आवश्यक रहेको जनाउंदै मेयर श्रेष्ठले सो विषयमा सेनाको सहयोग आवश्यक भएको ध्यानाकर्षण गराएका हुन् । यसैगरी, मेयर श्रेष्ठले सोही स्थान नजिकै महामण्डल कुवापानीमा ‘एकीकरण पदमार्ग, एकीकरण स्मारक तथा जैविक पार्क’ निर्माणको आवश्यकता रहेको औंल्याउँदै उक्त स्थानको ऐतिहासिक महत्व र जिल्लाका सरोकारवालाबाट भएको निर्णयसहितको ध्यानाकर्षण पत्र सेनालाई बुझाएका छन् ।
प्रधान सेनापति सिग्देलले विदुर नपाको उक्त पहलको प्रशंसा गर्दै पुरातत्व विभागसँग सहकार्य गरेर पुनर्निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । नेपालमै ’पहिलो पटक’ नेपाली सेनाले प्रयोग गर्ने बारुद निर्माणको लागी स्थापना गरेको बारुदखानाको संरक्षण, पुर्ननिर्माण सहित प्रर्बद्धन गर्नको लागी र महामण्डल कुवापानीमा रहेको खुल्ला स्थान (चौर)मा नुवाकोटको सरोकारवालाहरुबाट सर्वसम्मत प्रस्ताव तयार गरिएको ’एकीकरण पदमार्ग, एकीकरण स्मारक तथा जैविक पार्क’ निर्माणको लागी ध्यानाकर्षण पत्र मेयर श्रेष्ठले पेश गरेका हुन् ।
बारुदखाना निर्माण र एकीकरण पदमार्ग, एकीकरण स्मारक तथा जैविक पार्क निर्माणको लागी मेयर श्रेष्ठबाट पेश भएको छुट्टा–छुट्टै निवेदनलाई सकारात्मक रुपमा लिदै ईतिहासको जगेर्नाको लागी नेपाली सेना प्रतिको आशा, विश्वास र सम्मानप्रति प्रधान सेनापती सिग्देलले प्रशंसा गर्दै आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको विदुर नपा कार्यालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*