नेकपा एसका केन्द्रीय सदस्य एमाले प्रवेश

महासचिव पोखरेलले गराए प्रवेश
लोकखबर
१२ बैशाख २०८२, शुक्रबार २२:०७

विदुर–नुवाकोटका नेकपा समाजवादीका केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका महासचिव शंकर पोखरेलले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
पुरानै घरफर्क अभियान अन्तर्गत विदुर नगरपालिका ५ देवीघाट घर भएका नेकपा समाजवादीका केन्द्रीय परिषद सदस्य सुर्यवहादुर कडेल एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले खादा, माला र टिका लगाएर पार्टीमा स्वागतसहित प्रवेश गराएका हुन् ।
हाल नेपाल घरेलु साना उघोग महासंघ केन्द्रीय बरिष्ठ उपाध्यक्षसमेत कडेललाई एमाले प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य, नुवाकोट इन्चार्ज तथा वागमति प्रदेशका पुर्वमन्त्रि केशवराज पाण्डे, एमाले नुवाकोटका अध्यक्ष तथा वागमतिका पुर्व कृषिमन्त्रि वद्री मैनालीलगायतको सहभागिता रहेको थियो । पार्टी प्रवेश गदैृ कडेलले आफुले विगतमा वाटो विराएको र अहिले उचित मार्गमा हिड्नका लागि विना शर्त पुरानै घरमा फर्किएको वताए ।
कडेल गत २०४९ र २०५४ को स्थानीय निर्वाचनमा कडेल विदुर नपा ७ को वडाध्यक्षमा नेकपा एमालेका तर्फवाट विजयी भएका थिए । उनले एमालेको जिल्लास्तरिय विभिन्न तहमा रहेर कार्य गरिसकेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*