१०औ रुस्लान सिमरा गोल्डकप आजदेखि शुरु : आयोजक र मकवानपुर भिड्ने
रुस्लान सिमरा गोल्डकपको १०औ संस्करण आजदेखि शुरु हुदैछ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा आजदेखि शुरु हुने प्रतियोगिता १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच संघिय सरकारका युवा तथा खेलकुद मन्त्री जगत ब. बिश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेनछ ।
आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब, आयोजक नव जनजागृति युवा क्लब सिमरा, बिशाल मेमोरियल फाउण्डेशन र मकवानपुर ११ को सहभागी रहनेछ । प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले तीन लाख प्राप्त गर्नेछ ।
उद्घाटन खेलमा आयोजक र मकवानपुर भिड्ने
आज हुने उद्घाटन खेलमा आयोजक क्लब र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबिचको खेल दिउसो २ बजेदेखि शुरु हुने आयोजक क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिनुभयो । आयोजकले यस वर्ष खेल उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी मध्ये एकजनालाई उदयमान खेलाडी घोषणा गर्दै १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ । प्रतियोगितामा सहभागी टिममध्ये १६ वर्षसम्मका एक खेलाडीको हौसला बढाउन उदयमान खेलाडी चयन गर्न लागिएको महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।