जननी जन्मभूमीस्च : स्वर्गदपी गरियसी
जननी भन्नाले आमा, आमा भएको भूमी स्वर्ग भन्दा पनि प्यारो हुन्छ, स्वर्ग भन्दा पनि ठूलो हुन्छ । हरेक सफल व्यक्तिको पछाडी आमाको हात हुन्छ । विश्वमै प्रख्यात व्यक्ति अब्राहम लिङकन, जो राष्ट्रपति थिए । उनले आफ्नो एउटा अन्तवार्तामा भनेका थिए-उनी सानो ममीको साथ पाएर अगाडी बढ्न प्रेरित भएका हुन् ।
एलेकजेण्डर, ग्रेट पर्शन जो राजा थिए । उनले पनि अन्तवार्तामा भनेका थिए -उनको आमा नै थिइन् जसले गर्दा उनलाई हरेक काम गर्न आत्म विश्वास आएको थियो र आमाले उनलाई भन्ने गर्थिन की -उनी भगवानको पनि भगवान हुन् । उनमा छुट्टै शक्ति छ। उनी अरुभन्दा पृथक, फरक छन् । यिनै शब्दहरुले उनलाई अगाडी बढ्न प्रेरित गरायो । र, हरेक किसीमको चुनौतीमा उनी सफल भए ।
हामी ठूलो बन्नका लागि पैसा चाहिने होइन ।
हामीलाई कुनै चिजविज र अनुसन्धान चाहिदैन । हरेक कुरा सफल बनाउँन आमाको क्षमता हुनुपर्छ । आमाको साथले मात्र सम्भव हुन्छ ।म आफैं पनि भाग्यमानी छु, मेरी आमा भएकाले । मेरी ममी राम्रो हुनुहुन्छ, मेरो ममी मेरो लागि हिरो हो ।
हेटौंडा ९, मकवानपुर