जनतालाई पीडा

राजेश नेपाल
१८ फाल्गुन २०७५, शनिबार १८:३९

मानिसले जस्तै यो प्रकृतिले पनि आफ्नो अनुशासनलाई तोडिदिने हो भने सायद आज हामी फरक संसारमा अझै कष्टपुर्ण जिन्दगीमा जिइरहेका हुने थियौ होला,आज यो बिश्व छुट्टै संसारमा चलिरहेको हुन्थ्यो होला।म अहिले नेपालमा घटिरहेको वास्तविक घटनालाई समेटेर यो केही लेख्न गइरहेको छु । अहिलेको कम्न्यिस्ट सरकारलाई मात्र सुझाव दिन खोजेको होइन विपक्षीलाई पनि बिरोध गरेर होइन सहयोग गरेर अगाडि बढ्नको निम्ति स्मरण गराउन खोजेको हु।अहिलेको यो अबस्थामा बिरोध हैन सल्लाह सुझाव दिएर सहयोग गर्नेबेला आएको छ।किनकी जो जहाँ भएपनी पक्ष विपक्ष जे भएपनी जोजो जहाँ जहाँ भएपनी हामी एउटै धर्ती अनि एउटै नेपाल आमाका सपूत हौ,जसरी पृथ्वीनारायण शाहले सबैलाई एउटै मालामा गास्नुभएको थियो त्यसरी नै हामी यो माला अझ बलियो बनाउने छौ यसलाई तोड्ने छैनौं भनेर कसम खानुहोस्।कोहि सत्तामा कोहि सत्ता बाहिर अनि कोहि देश बाहिर जो जो जहाँ जहाँ भएपनी हामी सबै एउटै नेपाल आमाका सन्तान हौ हामी सबै नेपाली हौ।त्यसैले म तपाईहरुलाई विपक्षको खिल्ली उडाएर होइन सहयोग गरेर बस्न विनम्र अनुरोध गर्न चहान्छु।मैले बोल्दै जादा कुनै आक्रोश व्यक्त भएमा माफ गरिदिन अनुरोध गर्दछु किनकी यो पिडाको आवज हो,अन्यायमा परेका गरिव नेपाली जनताको आवाज हो।
नेपाल जलस्रोतमा ब्राजिल पछिको दोस्रो धनी देश ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता भएको देश तर यहिका जनता अन्धरारमा बाचिरहेका छन,नेपाल प्राकृतिक सम्पदाको धनी देश तर यहाँका जनता सिटामोल किन्न भारत जान परेको छ यहाँ दैनिक जडिबुटी कुहिएर गहिरहेका छन विभिन्न खनिज पदार्थ खेर गइरहेको छ प्राकृतिक सम्पदा यति धेरै धनी देश बिडम्बना यसको उचित सदुपयोग हुनसकेको छैन,नेपाल कृषिप्रधान देश यहाँका ८५% जनता कृषिमा आबद्ध छन तर तर किसानले कृषिको लागि उचित लगानीको ब्यवस्ता नभएको समयमा बीउ बिजन नपाएको उत्पादित बस्तुको उचित बजार नपाएको कारण आज बर्षनि भारत बाट अन्न आयात गरिरहन परिरहेको छ,नेपाल नेपाली युवाहरूलाई अथाह रोजगारी दिनसक्ने क्षमतावान देश तर यहि देशका लाखौं युवाहरु बेरोजगार भएर खाडीमा ५०°,५५° को तातो घाममा जलिरहेका छन, नेपाल वीर नेपाल गोर्खालीले आफ्नो प्राणको आहुती दिएर जोगाएको देश,बिश्वमा नझुक्ने,बिश्वलाई आफू सामु झुकाउन सक्ने क्षमता भएको देश,बिश्वमा कसैको गुलामी नभएको देश आज किन भारत र चिनको गुलामी भैरहनु परेको छ? प्रश्न गर्न चाहन्छु।यहाँ हरेक क्षेत्रमा भ्रष्टाचार ,हत्याहिंसा,बलात्कारको पिडा नेपाली जनताले भोगिरहेका छन अधिकारको बाडफाड समान किन तरिकाको छैन? यहाँ एउटा धनी र गरिब जनताले पाउने सेवासुबिधामा फरक छ।सरकारी कार्यलामा कुनै पनि सेवा चुस्त दुरुस्त छैनन चाहे बिद्यालय होस त चाहे अस्पताल अनि अन्य कार्यालय।कित निजि बिद्यालयमा सुधार गर्नुपर्यो कित नेताको छोराछोरी पनि सरकारी कलेजमा पढ्नुपर्यो,अस्पतालको अवस्थामा सुधार गर्नुपर्यो होइन भने नेताका छोराछोरी पनि भारत र अमेरिका हैन नेपालको सरकारी अस्पतालको अनिश्चित बाछे घरमा मरे घाटमा भने जस्तै सरकारी अस्पतालमा भर्ना हुने प्रस्ताव लैजानुहोस नेपाली जनताले समर्थन गर्नेछन।किनकी गरिव जनताको छोराछोरीलाई महँगो निजि कलेज र निजि महङ्गो निजि अस्पतालमा पढाउने क्षमता उनिहरुसङ छैन।यहाँ सुब्बा खरदार हुन slc पास गरेको +२ पास गरेको हुनुपर्ने आर्मिमा जान यति हाइट स्वास्थ यस्तो राम्रो भन्ने हुनुपर्ने तर देश्को नीति नियन कानुन बनाउने ब्यक्ति चै राम्रोसँग बाह्रखरी नजानेको भएपनी हुने! तपाईं संविधान संसोधन गर्दै हुनुहुन्छ भने सांसद,मन्त्री बन्न स्नातक वा स्नातकोत्तर पास गर्नुपर्ने प्रस्ताव लैजानुहोस हामी समर्थन गर्नेछौं।अनि प्रधानमन्त्री,सांसद पार्टी अध्यक्षको कुर्सी मै मर्न खोज्ने परिपाटीको अन्त्य गर्दै रोगी र वयोवृद्ध नेता ज्युहरुलाई घरमै आराम गर्ने धर्म कर्ममा लाग्ने र नया उर्जावान युवाहरुलाई अवसर दिदै सल्लाहकार भएर बस्न अनुरोध गर्न चहान्छु।अनि ५० कटेकालाई युवा र २५/३० वर्षका जुजारु युवालाई आलाकाचा भनेर बुडो गोरुले ठाउ ओगटेको जस्तै ठाउँ ओगट्ने परिपाटीको अन्त्य होस।तपाईंहरु चै सत्तामा बसेर देशलाई बर्बाद पार्ने,देशमा आतंक फैलाउने,४०/५० लाख युवाहरू बेरोजगार भएर खाडिमा ५०°\५५°को तातो घाममा लेबरको काम गर्नुपर्ने,भेडा चराउनपर्ने,अरुको जुठा भाडा माझ्नुपर्ने,कारगारको कैदी जस्तै जीवन बिताउनुपर्ने नेपाली चेलीबेटी भारत लगायत बिश्वका विभिन्न ठाउँमा बेचिरहनुपर्ने, बलात्कार र हिंसात्मक चरम यातना भोगिरहेका छन।अनि हामी जस्ता युवाहरुले तिरेको रेमिटेन्स अन्ज सोजा जनताले तिरेको करबाट हजुरहरुको उपचार गराईदिई रहनुपर्ने,घर बनाईदी रहनुपर्ने,गाडी अनि तपाईको छोराछोरीलाई महङ्गो कलेजमा पढाईदिई रहनुपर्ने,यहाँ रुकुम,रोल्पा,जाजरकोटका जनताहरु सिटामोल खान नपाएर,किन्न नसकेर आत्महत्या गरिरहेका छन,सुत्केरी महिला उपचार नपाएर मरिरहेका छन,झाडापखालाले बिरामी मरिरहेका छन,खान नपाएर मान्छेहरु कुपोषण भएर कति मरिरहेका छन तर नेता ज्युहरुलाई हाछ्यु आए भारत पेट दुखे चिन अनि टाउको दुखे अमेरिका लगेर उपचार गराईदिइरहनुपर्ने अनि slc +२पास गरेका युवाहरु चै देशमा राम्रो भबिस्य नदेखेपछि जापान, अस्ट्रेलिया,यमबिसिम पासपोर्ट बुझाउन जानुपर्ने कस्तो बिडम्बना गरिब किसान बीउ बिजन नपाएर महिनौ भौतारीरहन पर्ने,नेपाली चेली सधै बलात्कारको सिकार बन्नुपर्ने पशुको जस्तो जीवन जिउने भएको भए त किन मान्छे भएर जन्मनु पर्थ्यो होला र!
पशुपति शर्माले भने जस्तै एउटा राजा फालेर गणतन्त्र ल्याएको देशमा सयौं राजहरु जन्मिएका छन।
राणा शासनको जस्तो त्रासपुर्ण जिन्दगी आजको गणतान्त्रिक देशमा नेपाली जनताले भोगिरहेका छन।बरु राज हुदा नेपाली जनता सुरक्षित थिए तर आज हत्या हिंसा,बलात्कार भ्रष्टाचार अनि भैरहेको छन फरक यति हो राज हुदा खाने एकजना थिए आज हजारौं छन के यहि होत सुशासन,स्वाभिमानअनि समृद्धि सहितको गणतन्त्रात्मक नेपाल?गरिब नेपाली जनताले सधै तपाइँको कुरा सुनिदिए रहनुपर्ने,तपाईहरुलाई नमस्कार गरिदिई रहनुपर्ने,अनि रास्ट्रसेवक कर्मचारीले तपाईहरु जस्तो नेताहरूलाई सलाम ठोकी रहनुपर्ने !भोलि आफ्नै अंगरक्षकले गोलि हानेर मार्यो रे भनेर सुन्न नपरोस् ।मैले यो आक्रोश व्यक्त गरिरहदा तपाईहरुलाई आफ्नो अधिकार अस्ट्रेलिया,अमेरिकालाई दिने भन्न खोजेको होइन यो अधिकार हुम्ला जुम्ला पुगोस मेचिमहाकाली पुगोस अनि प्रत्येक गरिब जनताको झुपडीमा पुगोस् भन्न खोजेको हु।हुनत हामी पनि मूर्ख छौ चुनावको बेलामा पार्टीले दिएको दाल र भात खाने मोटरमा पेट्रोल हालेर जनमुखी पार्टी भएपनी त्यसमा भएका गलत मान्छेलाई भोट दिने अनि अहिले यो भएन त्यो भएन भन्ने।स्याललाई बाघको छाला ओडाएर बाघ हुने भए किन स्याललाई स्याल भन्नुपर्थ्यो होला र।पृथ्वीनारायण शाह,भिमसेन थापा,धर्मभक्त,गंगालाल बि.पि कोईराला, पुस्पलाल,मदन भन्डारि,रुपचन्द्र बिष्ट जस्ता देशभक्त नेपाल आमाका सपुतले बचाएको देश आज अन्याय अत्याचार,बलात्कार अनि भ्रष्टाचारको पीडामा गुज्रिरहेको छ।
२०७२ बैशाख१२ को महा भुकम्पले कति नेपाली जनता घरबार बिहिन भए कतिको परिवार खोसिए तर नेता ज्युहरु सांसद भवनबाट एक एक वटा त्रिपाइ काखी च्यापेर मुसुमुसु हास्दै घरतिर लाग्नुभयो आज नेपाली जनता खुल्ला आकसमा गर्मी र चिसोले मरिरहेका छन बहिरी रास्ट्रबाट तेत्रो सहयोग आयो तर पीडितले अहिलेसम्म पनि पहिको किस्ता बापतको ५०००० पाएका छैनन,नाकाबन्दीले पुर्याएको घाउ अझै निको भएको छैन तर तपाई हरुलाई भने बाघचालको खेल जस्तो सरकारम बसेर सत्ताको खेल खेल्दैमा ठिक्क छ।त्यसैले तपाईहरुको आचरणको आधारमा तपाईहरुले देश लाई भ्रष्ट बनाउने,आतंक मच्चाउने र गरिब जनतालाई अन्याय मै पारिरहने देखिएकोले त्यसैले वयोवृद्ध नेता ज्युहरुलाई घरमा बस्नुहोस धर्मकर्ममा लाग्नुहोस हरियो सागपात खाएर स्वस्थ रहनुहुन अनुरोध गर्दछु नेपाली जनताले तपाको सबै ब्यबस्था घर्मै गरिदिने छन किनभने हामिलाई ढोडको लठ्ठी जस्तो खुट्टा परालको त्यान्द्रो जस्तो नेतृत्व भएको नेता होइन हामिलाई त ढुङ्गा रपत्थर अनि चट्टान जस्तो रास्ट्रभक्ती,न्यायप्रेमी नेतृत्व चाहिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*