गजल : दिनपछि ढलेको अन्धकार
दिनपछि ढलेको अन्धकार रात भेटियो
अरुलाई नराम्रो भनी राम्रो बन्नेको औकात भेटियो ।
हुन त जे आफूसंग छ जे त्यही देखाउने हो
अपशब्द बोलेर स्वाभिमान गुमाउनेको बात भेटियो ।
छाती च्यातेर मनको आशनमा खोजे
तर आसनमा मेरो रित्तो हात भेटियो ।
प्रशंसा र कमजोरीको हिसाब किताब राख्दिन म
कहिल्यै कल्पना नगरिएको इतिहास भेटियो ।
सकेसम्म अरुको गाली सहेकै छु मैले
मान्छेहरूमा तातो दूध झै उम्लिएको बात भेटियो ।
गाली गर्ने शब्द छैन मसँग यत्तिबेला
मेरो दिलमा केवल धन्यवादको सौगात भेटियो ।