आज आमाको मुख हेर्ने दिन, हेटौंडाको कुष्माण्डमा मेला
मकवानपुर । आज मातातिर्थ औशी अर्थात् आमाको मुख हेर्ने दिन । मकवानपुर लगायत देशभर ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा आज वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइदै छ ।
आफ्ना सन्तानले आमालाई आज विशेष रुपमा श्रद्दापूर्वक आमालाई सम्मान गर्ने गरिन्छ । छोराछोरीले नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई विभिन्न उपहार सहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता सहित आशिर्वाद थाप्ने चलन छ । आमाले पनि आफ्ना सन्ताहरुलाई आमाले पनि यस दिन छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् ।
आमा नभएकाहरु मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान र भोजन गराउँदै दिवङगत आमाको सम्झना गर्ने चलन छ । त्यहाँ पुग्न नसक्नेहरुले विभिन्न स्थानमा रहेका देव वा तीर्थस्थलमा आमाका नाममा ब्राम्हणलाई सिदा दान गर्ने गर्दछन् ।
मकवानपुरको हेटौंडा ९ मा रहेको कुष्माण्ड सरोबरमा पनि आज आमा विशेष मेला लाग्ने गर्दछ । आमाको मुख हेर्ने दिनमा मानिसहरु धाममा भेला भएर आमालाई सम्झदै पुजा तथा दान गर्ने गर्दछन् ।