कति चाहिन्छ सम्पति ?
सम्पत्ति भनेको के हो ? चल वा अचल भन्ने छ । चलमा के पर्दछ ? अचल सम्पत्ति भनेको के हो ? अघिल्लो पटक गणतन्त्र र लुटतन्त्र भनियो । किन भनियो ? त्यसै भनिएको होइन होला । अहिले यसैका बारेमा व्यापक प्रतिरोध अर्थात् रक्षा चलिरहेको छ । कसैले यसको प्रतिवाद गरिरहेको छ । कसैले यसको रक्षा गर्न खोजेको होला । चाहे संसदमा होस् या मिडियमा,चिया गफ गर्दा होस् । अब राजनैतिक आन्दोलन सकियो भन्ने छ । सकिएको छ वा छैन त्यो पनि स्पष्ट भई सकेको छैन । उल्टो बाटो हिड्नेका लागि पुन संघर्ष भइरहेको छ ।
अगाडी जान खोज्नेले अझ अगाडी जान खोजिरहेको पनि होला । वैद्य, विप्लवहरुले अझ पुगेन भनेको छन् । त्यसो त सरकारी दल, पार्टीका नेताले पनि पुगेको भनेका छैनन् । अझ भएन भनि प्रतिपक्ष जस्तो गरी सरकारी दलका नेताले असन्तुष्टी व्यक्त गरिरहेका छन् ।
सम्पत्ति कति भए पुग्छ त्यो अहिलेसम्म कुनै बैज्ञानिकले समेत पुष्टि गर्न सकेका छैनन् । पृथ्वीको आयु समेत नरहेको कुरा वैज्ञानिकले प्रमाणितरुपमा व्याख्या गरेको थुप्रै वर्ष भईसक्यो, तैपनि मानिसलाई सम्पत्तिको लोभ रही आएको छ । यस्तो किन भईरहेको छ ? मानिस किन जन्मिन्छ ? के लिएर जान्छ भन्ने पनि छ । यस्ता धार्मिक गीत कति छन् तर त्यो गीत सुनिन्छ व्यवहार हेर्ने हो भने कसैले व्यवहारिक रुपमा अपनाएको पाईदैन । हरेक कुरा भन्नको लागि भन्ने गरिन्छ । संसारमा देश–देश लडिरहेको पाईन्छ । जुधिरहेको पाईन्छ । चाहे अरव देश, चाहे इण्डो चीन, चाहे युरोप, चाहे एशिया हर ठा“उमा लडाई छ । त्यो लडाई के का लागि गरियो ? वास्तवमा संसारमा भएका ६ अरब बढी मानिसले बुझेका छैनन् होला । उनीहरुलाई बुझन समय पनि छैन । यदि यो किन गरियो भनि राम्रोस“ग बुझियो भने संसारमा स्वर्ग आउ“छ । तर सिमित मानिसको स्वार्थले गर्दा संसारका मानिसले दुःख पाई रहेका छन् ।
आखिर सत्य त सत्य नै हुन्छ । चाहे मन परोस् या नपरोस् । सबैले मन पराउ“छ भन्ने पनि छैन । हेर्ने आ-आफ्नो दृष्टिकोण हो । मानिस बाँदर थियो । उसको विकास हुदै मानिस भयो । मानिसमा पनि चेतनशिल, अर्धचेत, अचेत सबै प्रकारका हुन्छन् । यदि सबै मानिस चेतनशील भए भने कसैले लोभ नगर्न सक्छ । उसले पृथ्वी के हो ? मानिस के हो ? प्राणी के हो ? वनस्पती के हो ? किन चाहियो भन्ने बुझ्यो भने कुनै कानूनको आवश्यकता समेत पर्ने थिएन ।
महाभारत कथामा जीवन, संघर्ष कस्तो हुन्छ लडाई के का लागि गरियो, एक खालको स्पष्ट व्याख्या पाईन्छ । पा“च पाण्डवले एक एक गाउँ कौरवसंग मागे, तर कौरवले दिन मानेनन् । अनि लडाई भयो । लडाईमा होनहार मानिस विद्वान मारिए । आखिर केही रहेन् । कोही रहेन । रहे त युधिष्ठीर । उनी मात्र स्वर्ग गए भन्ने कथा छ । यति भनेपछि केही कुरा बुझ्न सकिन्छ । अब धेरै व्याख्या त यस्तो लेखमा गर्न सकिदैन । छोटोमा लेखिन्छ तर बुझ्ने नबुझ्ने त पाठकको कुरा हो । लेख्नेले लेखिरहेको हुन्छ । उसले पनि आफ्ना विचार राख्ने हो । विचार नबुझ्न पनि सकिन्छ । बुझेर बुझ पनि पचाउन सकिन्छ । तर सत्य त हुन्छ । लेखेको कुरा झुठा पनि हुन सक्छ सत्य पनि हुन सक्छ । आखिर सत्य त सत्य नै हुन्छ । चाहे मन परोस् या नपरोस् । सबैले मन पराउ“छ भन्ने पनि छैन । हेर्ने आ-आफ्नो दृष्टिकोण हो । मानिस बाँदर थियो । उसको विकास हुदै मानिस भयो । मानिसमा पनि चेतनशिल, अर्धचेत, अचेत सबै प्रकारका हुन्छन् । यदि सबै मानिस चेतनशील भए भने कसैले लोभ नगर्न सक्छ । उसले पृथ्वी के हो ? मानिस के हो ? प्राणी के हो ? वनस्पती के हो ? किन चाहियो भन्ने बुझ्यो भने कुनै कानूनको आवश्यकता समेत पर्ने थिएन । सेना, प्रहरी किन चाहियो भन्नेसम्म आउँछ ? यो किन चाहियो भन्ने कुरा छ आखिर चाहिएको सम्पत्ति सुरक्षा । सम्पत्ति समान रुपमा वितरण गरिने हो भने किन चाहियो सुरक्षा ? मैले यस्तो विचार राखें भने यो त असम्भव कुरा हो भनिएको छ । किन असम्भव छ ? मैले बुझेको छैन । होला मसंग लोभको स्वार्थ नभएर । मैले देखेको स्वर्ग अर्कै होला । भागवत् सुनाईएको ठाउँमा स्वर्ग छ भनिएको छ । कहाँ छ ? त्यो स्पष्ट भनिएको छैन । किन भनिएन भन्दा लुटेर राख्ने, अनि भन्नु भएन नि ।
अब निष्कर्षमा के भन्न सकिन्छ भने हरेक कुरामा विभेद भएको हुनाले नै यो संसार नर्क भएको हो भन्ने कुरामा दुईमत छैन । कसैको सम्पत्ति धेरै हुदैमा स्वर्ग आउने हैन । यसमा परिश्रम गरिएको धन भन्ने कुरा आउन सक्छ । उसले परिश्रम किन गर्छ ? किन गर्न पर्यो ? हल्लीएर खाने पनि छ त । कुनै काम नगरिकन जिन्दगी भर खान पाउने पनि छ । उसले सम्पत्ति कसरी थुपार्यो त । त्यो त राज्य शक्ति कब्जा गरेर पहु“चमा पुग्नेले होला । अहिले जग्गाको कुरा आएको छ । नेपालमा मात्र त जग्गा छैन । सिंगै पृथ्वीमा जग्गा कति छ ? त्यो पृथ्वीमा भएको खनिज कसको हो ? वन कस्को हो ? नेपालको वनको अक्सिजन त संसारभर जान्छ । अब नेपालको वन संसारभरिका मानिसको हो कि हैन भन्ने कुरा आउ“छ । संसारमा भएको उद्योगको धुँवा नेपालमा पनि आउँछ । त्यो कसको हो ? लडाईका नाममा एक देशमा भएको खनिज अर्को देशको सत्ताले लुटेर लगेको छ । अंग्रेजले भारत छोड्दा कति हजारौं जहाजमा सम्पत्ति लुटेर लग्यो भनिन्छ । धनी यसरी हुने हो । कसरी अर्कालाई काम लगाउने र उसको काम अनुसारको कमाई (धन) नदिने अर्थात कम दिने, अर्काको देशको सम्पत्ति लुट्ने आफ्नो देशमा लाने,इत्यादी । सबै देशले कानून निर्माण गरेको छ तर त्यो कानून शक्ति नभएकाको लागि निर्माण गरिए जस्तो लाग्छ । उसलाई पनि लाग्नुपर्ने हो नि । तर लागेको छैन । उ सजिलै छुट्छ । निर्दोषलाई पनि कानून लागेको छ ।
बालुवाटार भन्नुहोस् या धार्मिक क्षेत्रको जमिन लुट तरिकाले लुटिएको छ । कसले लुट्यो त त्यो जमीन ? अहिले लुटेको त हैन होला ? कसको पालामा लुटियो त ? चाहे विमान होस् । चाहे जमीन होस् या जे होस् । अहिले ओली सरकारका पालामा लुटियो भन्ने छ । तर उहिलेको सरकारको पालामा लुटिएको थिएन भन्ने भान परिरहेको छ ।
यता राज्य पल्टाउने भनेर थुनिएको छ । जस्तै पेरुमा अमरिकी दलाल फुजिमोरीले कम्युनिष्ट नेता गोन्जालोलाई समुन्द्रको जेलमा राखेको छ । हुन त फुजिमोरी पनि अहिले सत्तामा छैन । यस्तै भेनेजुयलामा यस्तै भैरहेको छ । एउटा दलाललाई उभ्याईएको छ । अहिले लेख लेखिरह“दा नेकपाका नेता घनश्याम भुषालको अन्तर्वार्ता आई रहेको छ । त्यहाँ प्रश्न सोध्नेले सोधिरहेको छ । सम्पत्ति बारे, कम्युनिष्ट बारे । विदेशमा कम्युनिष्ट ढलेको कुरा पनि पत्रकारले सोध्यो त्यहाँ । ति सबै प्रश्नको जवाफ दिएको सुनियो । नेपालका कम्युनिष्ट कस्ता भन्ने प्रश्न पनि सोधियो । सुद्धिकरण कसरी गर्ने भनियो । क.प्रचण्डले फोहोर सफा गर्ने कुरा गर्नुभयो भनि अघिल्लो लेखमा लेखियो । कुरा गर्दा सबै हाँस्छन् । तर घरमा गएपछि पत्नीले सम्पत्तिको कुरा उठाई हाल्छिन् । माईतीको कुरा, ससुराली, साली अनेक थरी छ । सम्पत्ति धेरै भएपछि कसको नाउँमा राख्ने भन्ने चिन्ता छ हुनेलाई । मेरो ससुराली सिरहा हो । त्यहाँ मुसहर चमार जाति धेरै रहेछन् । उनीहरुले अहिलेका सांसद प्रदिप गिरीको गाउँ रहेछ,त्यहाँ ति गिरीहरु जिमदार रहेछन् । जमीन यति हो नि साध्य छैन । आँखाले देखे जति रहेछ । अनि राजा महेन्द्रले जमीनबारे कानून निर्माण गरी हदबन्दीको कुरा लागू भयो । अब जमीन धेरै के गर्ने त भन्दा मुन्सीका नाउँमा, सालीका नाउँमा, ससुरालीका नाउँमा राख्ने । मेरो ससुराका बुवाले १२ कठ्ठा जग्गा ति गिरिका बाबुसंग ०२७ सालमा किनेको रहेछ । तर पास गरि दिएको रहेनछ । अहिलेसम्म त्यो जग्गा पूरा दिएको छैन रहेछ । म मुन्सीलाई भनि दिउँला गएर जग्गा पास गरि लिनु भने पनि अहिलेसम्म दिएको छैन । त्यहाँको एक मुसहर म भए ठाउँ आयो र भन्यो हजुर मेरो सात पुस्ताले त्यो जमिन जोत्यो अहिलेसम्म जमीन दिएको छैन भनेर रोयो मसंग । अब समाजवादका नेता यस्ता छन् । नेपालको अवस्था यस्तो छ । बालुवाटार भन्नुहोस् या धार्मिक क्षेत्रको जमिन लुट तरिकाले लुटिएको छ । कसले लुट्यो त त्यो जमीन ? अहिले लुटेको त हैन होला ? कसको पालामा लुटियो त ? चाहे विमान होस् । चाहे जमीन होस् या जे होस् । अहिले ओली सरकारका पालामा लुटियो भन्ने छ । तर उहिलेको सरकारको पालामा लुटिएको थिएन भन्ने भान परिरहेको छ ।
अहिले त कहाँ – कहाँ के के लुटियो, भनेर खोजी भइरहेको हो नि । यो कुरा किन लुकाईएको छ ? किन हल्ला गरियो भन्दा लुट्नेले लुटेको लुकाउन हो भन्ने मलाई लागेको छ । त्यो लुटिएको जोगाउन लुट्नेलाई हम्मेहम्मे परेको अवस्था हो भन्ने लागेको छ । हुन त लुटेको पर्दाफास गर्ने र लुकाएको लुकायै गर्न खोज्ने बीच प्रतिष्पर्धा भई रहेको छ । त्यो कुरा संसदमा गएर छताछुल्ल भएको देख्न सकिन्छ । अब साँच्ची कारवाही गर्ने हो भने संसदमा चिल्लाउने पनि पर्लान् नि । अनि सरकारी पार्टीका पनि पर्लान् । कति कठिन छ है नेपालमा । सत्य कुरा थाहा पाउन कति अन्योल छ । कति अन्योलमा पार्न खोजिएको छ । यी अपराधीलाई कारवाही नगरी समाजवाद र समानता त आउँदैन होला । समानता आउन नदिने त मरुन्जेलको शक्ति लगाई रहेको हुन्छ । जनताले बुझ्ने यही हो ।