पच्चिस मिटर सडक विस्तार गरौं
२५ मिटरबारे मैले हेटौडको दैनिकमा पाठक प्रतिक्रिया लेखेको थिएँ । पछि यस बारेमा लेख लेख्दै गईयो । चार पाँच पटक लेखिसकेपछि पत्रकारलाई संघका अध्यक्ष जो बाटो निर्माण गर्न हुँदैन भन्दै थिए, उनले पत्रकारलाई किन यस्तो लेख छापेको भनेका रहेछन् । पत्रकारले मलाई किन यस्तो विधि लेखेको भन्नुभयो । पछि मैले न्याय गर्दै बाटो विस्तार गरौं भनि लेखेँ ।
यसको मतलब के थियो ? अघिल्ला लेख राम्रोसँग हेरियो भने त्यहाँ लेखिएको छ । कसैको सम्पत्ति सरकारले सित्तैमा लिदैन, तर मुआब्जा दिन्छ । अधिग्रहण ऐन, मुआब्जा ऐन सबै ऐन छ । त्यही ऐन बमोजिम ०३१ सालमा सरकारले राजमार्ग दायाँ बाँया २५/२५ मिटरको निर्णय लिएको हो । कसले मुआब्जा लियो, वा लिएन, किन लिएन उसको खुश हो । तर निर्णय रोक्न कुनै हालतमा मिल्ने थिएन । जबर्जस्ती गर्न खोजियो । अन्तबाट लाने कुरा गरियो । नहुने कुरा गरिएको थियो ।
सरकारले चाहयो भने हेटौडा शहर पूरै भत्काएर नयाँ निर्माण गर्न सक्छ । संविधान संशोधन गरेर जमीन पूरै राज्यले आफ्नो स्वामित्वमा लिन सक्छ । राज्यको आर्थिक हैसियतको कुरा हो । देश विकासको लािग चाहे जे पनि गर्न सक्छ । जनतालाई चाहिएको आवास हो, जमीन किन चाहियो ? उत्पादन गर्न हो । त्यो जमीन राज्यले उपलब्ध गराउँछ । जमीन कसको हो ? त्यहाँ बस्ने जनताको हो ।
राज्य भनेको के हो । सरकार भनेको के हो ? देश भनेको के हो ? यति पनि बुझिदैन भने हामी के कस्तो मानव हौं । मेरो भएपछि सबै थोक भयो ? कसको के बाँकी रहँन्छ यहाँँ ? कुरा सुन्दर देश निर्माण गर्दै संसार सुन्दर बनाउने हो । व्यक्ति सुन्दर, व्यक्तिगत सम्पत्ति सुन्दर भएर पुग्छ ? व्यक्ति धनी भएपछि संसार सुन्दर हुन्छ भन्नेलाई के भन्ने ? संसारमा गने माने केही व्यक्ति धनी छ । यो देशमा एक जना धनी भएछ भनिन्छ । अम्बानी, बिल गेट्स आदि । संसारमा मानिस भोकै मरिरहेको छ । पानी खान पाएको छैन । के पृथ्वी उसको हैन ? पृथ्वीमा भएका स्रोत साधान उसको हैन त ? उसले उपभोग गर्न पाउदैन त ? कसैले जन्मदै के लिएर आएको छ । जन्मदै त कसैले केही लिएर आएको होइन होला । शक्तिका कारण लुट गर्यो कि गरेन । बुद्धि र परिश्रमको धन पनि होला, लुटिएको धन पनि होला, मिसाएर कुरा गरेर त हुदैन । छुट्याउन पर्यो । कसले छुट्याउँछ त । सानो शक्तिमा हुदैन । ठूलै शक्तिमा हुन्छ । उसको नियम, कानून लागू हुन्छ । पुलिस उसैको हुन्छ । अदालत उसैको हुन्छ । स्वतन्त्र निष्पक्ष भनिन्छ भन्नको लागि मात्र । रहस्य अर्कै हुन्छ । त्यो कुरा बुझ्न चेतना चाहिन्छ । यत्रा विश्वविद्यालय छन् । प्राध्यापक छन् । अध्ययन गरिरहेका छन् । लेखिरहेका छन् । तर खै त कुरा बुझेको ? किन बुझिएन होला । संसारमा किताब लेख्ने पनि छन् । कार्लमाक्सले लेखेको किताब पनि छ । त्यो अध्ययन गराउने कम्युनिष्ट पार्टी पनि छ संसारभर । खै त पढाएको । किन नपढाएको होला भनेर यसो हेरें । त्यो कम्युनिष्टले पनि आफैले कमाउँदो रहेछ । सामाजिक स्वार्थ, राष्ट्रको स्वार्थ सर्वोपरी हेर्दो रहेनछ । अनि उसले किन कार्लमाक्सको किताब पढाउँछ । पढायो भने त कुरा बुझ्छ । अनि नीजि स्वार्थ हुने छैन । संसार स्वर्ग हुन्छ । नर्कमा राख्न चाहेको छ संसारलाई । शोषण गर्न पाइँदैन । धनी हुन पाईदैन । सबै धनी भए भने आफ्नो मान घट्छ । उ पनि उत्तिकै समान हुन्छ । समानता किन ल्याउनु पर्यो । मानिसलाई दाल भातको पीर छ । त्यसको लागि दौडिन थाल्छ । कहाँ बुझन भ्याउनु । पत्रकार ज्यु आज कार्यक्रममा आईदिनु न भन्यो किन आउँदैन भनेको त मोटरसाईकलमा हाल्ने पेट्रोल समेत छैन । जागिर हैन, उसको घरको गर्जो टार्नुपर्यो । आम्दानी छैन, खर्च कहाँबाट आउँछ । जनतालाई दुख दियो, यसले यसो लेखिदिनु पर्यो भन्यो, लेख्दैन । किन लेख्दैन भनेको डर छ । खर्च माग्नु पर्यो । फसाद रहेछ । रिसाउँछ । अनि ।
सम्पत्ति बारे लेखियो । पृथ्वी बारे लेखियो । अहिले भनि साध्यै छैन गर्मी । किन यस्तो भयो ? कसैको ध्यान छैन । चीनले २०४० सम्म पेट्रोलबाट चल्ने सवारी हटाउँदैछ । किन हटाउँदैछ त । वायु सफा राख्नु जरुरी छ । औद्योगिक उत्पादनले पृथ्वी नष्ट हुदैछ । सबैलाई थाहा छ । आफू मरेर गएपनि सन्तान रहनुपर्यो । आजको चिन्ता छ, भोलीको चिन्ता छैन । कसरी हुन्छ ? सरकारले विद्युतीय सवारी खरिद गर्ने निर्णय गरि रहेको छ । देशमा उत्पादन भएको विद्युत देशमै खपत गर्ने तयारी गरेको छ । उत्पादन र निर्माण क्षेत्र वृद्धि गरेपछि खपत आफ्नै देशमा हुन्छ । देश विकास हुन्छ । यहाँ विरोध मात्र गर्नेको कुनै कमी छैन । सुझाव दिने भन्दा गाली गर्ने बढी छन् । के तिनले सुख पाउँछन् त विरोध गर्नु पनि सीमा हुन्छ । विरोध त गर्नुपर्छ गलत कामको । सहि छ भने आखिर देश सबैको हो । देश राम्रो भए विरोध गर्नेको पनि त देश हो ? सुख सुविधा बिरोध गर्नेलाई पनि आउँछ । वृद्ध भत्ता के विरोध गर्नेको बाबु आमाले बुझेका छैनन् र । सुविधा समान रुपमा आउने हो ।
सरकारले भारतबाट आउने तरकारी, फलफूल रोकेको छ । भारतले दबाब दिई रहेको छ । नेपालका राजदूत भारतमा विदेशमन्त्रीलाई भेटन पाएनन् रे । रिसले चुर भएको पहिले नेपालमा नाकाबन्दी हुँदा भारतीय प्रधानमन्त्रको दूत बनेको जय शंकर । उनले संविधान निर्माण रोक्न अनुरोध गर्दा नेपाली नेताले मानेनन् भन्ने छ । त्यो रिस अहिले पनि छ । खै त हरेक कुराको विरोध गर्ने आज जनताको स्वास्थ्य बारे चिन्ता गर्दा समर्थन गरेको ? यही हो सत्य र बेठिक । सत्य काम गर्दा समर्थन हुनपर्ने होइन । तसर्थ विरोध पूर्वाग्राही छ । तेरो तरकारी फलफूल जाँच हुन्छ अनि मात्र आयात हुन्छ भन्दा नराम्रो त हैन होला । चाहे भारतीय नागरिक हुन् या नेपाली नागरिक । नागरिकले स्वस्थ्य खान पाउँनु पर्छ । विषादी तरकारी फलफूल पठाउने अनि बिरामी भएपछि औषधी बेच्ने चाला । अब असली कुरा थाहा हुदैन । एक राष्ट्र स्वाधीन बन्दैछ । यस्तो निरन्तर चलिरहोस् । सबैले यसमा मद्दत गर्नु पर्छ । विषाधी खायो, औषधी गर्दा गर्दा हैरान, खेतवारी सकिएको छ । उठीबास भएको छ । खान शरीर बेच्नुपर्ने अवस्था छ । हिजो त्यही भारतमा नेपाली चेली पठाइन्थ्यो । आज अरब गएका छन् । के कारणले नेपालमा कुनै बेरोजगारले उत्पादनको कार्य गर्यो भने नेपाली कर्मचारीले भन्सारबाट कुहिएको सामान आयात गरिदिन्छ घुसको भरमा । अनि यहाँ एउटा किसानले गरेको उत्पादन खर्च धान्न नसकेर विदेसिन्छ । यति कुरा बुझिएको छ नि । किन बुझेर पनि बुझ पचाईएको छ । सरकारले ठेक्कामा काम दियो । रकम लियो काम छाडेर अर्को ठाउँमा जग्गा दलालको काममा रकम लगानी गर्ने गरेको थियो । अहिले सरकार आफैले निर्माण कम्पनी खोज्दैछ । यो सकारात्मक काम हो । हिजो देश राष्ट्रका सम्पत्ति वहुदलिय व्यवस्थाको नाममा तहस नहस पारियो । फेरि ब्युताउँन खोजीको जस्तो छ । जस्तै साझा बस, अनेक यस्ता छन् । अन्तमा हेटौडाको २५/२५ मिटर बाटो छिटो कायम होस् । देश विकास सुधार हुदै जाओस् अहिलेलाई यत्ति ।