हेटौंडालाई सिंगापुर बनाउँने कि झिंगापुर ?
बाटो विस्तार, विकास चाहे जे भए, गरेपनि भौतिक विकास हो । मानव समाजमा संसारमा त्यो आवश्यकताका आधारमा गरिन्छ । महाभारत युद्ध किन गरियो भन्ने बारेमा छुट्टै तर्क होला । युद्धमा दुई पक्ष हुन्छ । त्यो युद्ध कसका लागि थियो ? पाँच भाई पाण्डवको वास एवम् राज्यको लागि सय भाई कौरवको विनास गरियो । त्यो युद्धको नायक थिए कृष्ण । हुन त कृष्णको पनि मृत्यु भयो । बाँचेर स्वर्गमा युधिष्ठिर मात्र गएको भन्ने उक्ति छ । कोहीले भन्छन्, यो युद्ध सत्यको लागि हो । सत्य भनेको के हो, असत्य भनेको के हो ? कति नराम्रो हुन्छ असत्य भन्ने कुरा । सत्य भन्ने बित्तिक्कै कति राम्रो भनिन्छ । तर यहाँ असत्य गर्ने धेरै छन् कि, सत्य गर्ने धेरै छन् ? त्यो सबैलाई थाहा छ । थाहा पाई पाई बुझ पचाईन्छ । थाहा दर्शका प्रवर्तक रुपचन्द्र विष्टले ‘सत्य थाहा हुँदा झुठ नास हुन्छ’ भनि पर्चा गर्नु भएको छ ।कयौं पटक बाटो विस्तारबारे लेख्ने, बोल्ने र टिकाटिप्पणी गर्ने कार्य भई रहेको छ । विकास हुने भनेको कोहीलाई हुने कोहीलाई नहुने विषय होइन ।
कुनै समय रानीको औलोको कारण मृत्यु भएछ । अनि रानी त मरिन्, हामी बाँच्दैनौ भनेर हेटौडा छाडेर पदमपोखरीतर्फ गएर बस्नु भएका एकजना साथीले भन्नुभयो, बुवाले भनेको भनेर सुनाउनुभयो । हेटौंडामा अहिले रिजाल कम्लेक्स भएको ठाउँमा उहाँको चार विगाह जमीन रहेछ । अहिले उहाँको हेटौडाको पूरानो वडामा कुनै जमीन छैन, तर पदमपोखरीमा अहिले पनि हुनुहुन्छ । मेरो बुवा र मैले हेटौडामा जमीन लिन सकेनौ भन्नु भएको छ । मेरो लेखको टिप्पणी गर्ने साथीलाई धन्यवाद छ । उहाँलाई मैले राम्रोसँग चिनेको साथी जस्तै हुनुहुन्छ ।
हेटौडामा औलो लाग्थ्यो रे । भनिन्छ कुनै समय रानीको औलोको कारण मृत्यु भएछ । अनि रानी त मरिन्, हामी बाँच्दैनौ भनेर हेटौडा छाडेर पदमपोखरीतर्फ गएर बस्नु भएका एकजना साथीले भन्नुभयो, बुवाले भनेको भनेर सुनाउनुभयो । हेटौंडामा अहिले रिजाल कम्लेक्स भएको ठाउँमा उहाँको चार विगाह जमीन रहेछ । अहिले उहाँको हेटौडाको पूरानो वडामा कुनै जमीन छैन, तर पदमपोखरीमा अहिले पनि हुनुहुन्छ । मेरो बुवा र मैले हेटौडामा जमीन लिन सकेनौ भन्नु भएको छ । मेरो लेखको टिप्पणी गर्ने साथीलाई धन्यवाद छ । उहाँलाई मैले राम्रोसँग चिनेको साथी जस्तै हुनुहुन्छ । मित्र पनि हो । यस्तो प्रतिक्रिया हुनुपर्दछ र सुन्न सक्नुपर्दछ । उहाँको पिताले एक दिन मलाई भन्नुभयो खेतमा काम गर्दा कोदाली अलि माथि उचालेर हान भन्नुभयो । म नाबालक अवस्थाको थिए । ज्यालामा काम गर्न गएको थिए । आफनो बाबुसँग म । मलाई अहिले पनि याद आई रहन्छ । टिप्पणीकार त सानै हुनुहुन्थ्यो होला । उहाँ खेतमा काम गर्न आउनु भएको मैले देखिन । यस्तो अवस्थामा हुर्केको मानिस हो उहाँ । वहाँको पिताले यति जमीन भोग गर्नु भयो, जसलाई साविकमा पोखरी मौजा भनिने गरेको रहेछ सानो पोखरा । डोरीले नापेर जमीन लिएको कुरा सुनेको हो मैले । पिप्लेसम्म थियो जमीन। यो खाली मैले स्मरण गरेको हुँ ।
हेटौडा बजार जो पिपलबोट मुनि चिउरा कुट्ने मिल, अनि बाटो कच्ची जो अमलेखंगजसम्म रेलमा सामान आउने । त्यहाँबाट पुराना ट्रकमा सामान राखेर भीमफेदी लैजाने गरेको अवस्था हो । एकजना जो सवारी चालक दाजु हुन् उहाँ अहिले हुनुहुन्न टेकबहादुर लामा दाजु । मेरो संगत भएको थियो । उहाँले ट्रक चलाउने । उहाँको आमा बुवा भीमफेदी धोरसिं । जो काभ्रेबाट भीमफेदी बजार भारी बोकी जीवन गुजारा गर्न आउनु भएको भन्नु भएको थियो । एक दिन उहाँले माहिलो भाईलाई ट्रकमा बालक अवस्थामा नै सहायक लिएर जान लाग्दा आमाले भन्नु भयो रे मायाले। किन लगेको ? सानो बच्चालाई लड्छ । पछि उहाँ पनि सवारी चालक बन्नुभएछ । म ०४२/४३ ताका हेटौडा आएको, आमा बुवाले रामेछापमा पढ्न पाइएन, मा.वि.स्कुल अर्को गाउँ पन्चायतमा पथ्र्यो, टाढा, २ घण्टा जान मात्र, आउन २ घण्टा ।
भीमफेदी बसपार्क चोक भनिन्थ्यो, जो कुमाई चोक पनि भनिने गरेको रहेछ । त्यहाँबाट उहाँको ट्रक मानिस बस्ने सिट बनाएको, दोहोरो । त्यतिखेर बस समेत थिएन । त्यो ट्रकले मानिस हेटौडाबाट भीमफेदीसम्म यात्रा गराउँथ्यो । त्यो ट्रक चालक जसले एक पनि दुर्घटना नगराए बापत संघबाट पुरस्कार समेत पाउनु भएको सुनियो । यस्तो अवस्था हो हेटौडाको । पिपलबोटनिर त्यतीखेर भारी बोक्ने मानिस बस्दथे रे । एक दिन एक जनाले बाटो कच्ची बन्दै गई रहेकाले ठेला ल्याएको रे । किन ठेला ल्याएको हामीले भारी बोक्ने गरेको पेसा नै खाने भयो भनेर त्यो ठेलावालालाई भारी बोक्ने मानिसले कुटेको रे । अनि भारी बोक्ने मानिस विस्थापित भयो । ठेलाको बदला रिक्सा ल्याएछ । ठेलावालाले रिक्सावालालाई कुटेछ । अनि हुँदा हुँदा ११ सय वटा रिक्सा भयो । ब्याट्रीको मयुरी ल्यायो । रिक्सा र मयुरीको झगडा भयो । यो सबै कुरा मलाई एक जना माननीयले भन्नु भएको हो । हेर,कुरा यस्तो हो भन्नु भयो । त्यो मयुरी हेटौडा नगरपालिकामा दर्ता गराएछन् बुद्धि भएकाले । पछि यहाँ दर्ता हुदैन भनेर फेरि यातायात पु¥यायो । हेटौडा नगरपालिकाले लिएको रकम स्वाहा भयो त्यो मयुरीवालाको । हुँदा-हुँदा ब्याट्रीवाला मयुरीका विरुद्ध अर्को पेट्रोलवाला अटो आयो । अनि कति अटो आयो आयो । अहिले कतिवटा छ ? कसैले रोक्न सकेको छैन । हेटौडा बजारमा अहिले सवारी चलाउन नसक्ने भएको छ । मेयरसावले यसको व्यवस्था गर्नुपर्ने हो । तर सक्नु भएन । राप्ती रोडमा पार्किङ गर्न पाइएन भनेर व्यापारीहरुले जुलुस गर्नुभयो । घमासान लडाई भयो । रोकिएको छैन । अस्तव्यवस्त छ अहिले पनि । के, केही पनि गर्नु पर्दैन ? सबैले लत्तो छाडेने हो त ? समाधान यही हो त ? ल हामी त जसो तसो बाँचौला । सन्ततीको बारे सोच्नु पर्दैन । पर्दैन भने ठिकै छ । केही छैन । मैले लेखी रहेको मेरो लागि हैन त । के के गर्नु पर्ने हो ? कसलाई मर्का पर्छ त्यो राज्यले हेर्नुपर्छ । तर जनताको भविष्य, सुरक्षित साथ हिडन पाउँने हक, सुन्दर शहर हेर्न पाउने हक त छ होला नि । मलेसिया, सिंगापुर अनि बम्बै शहर त्यसै बनेको हैन होला। केही त गर्नुपर्ला ।
हेटौडा बजारमा अहिले सवारी चलाउन नसक्ने भएको छ । मेयरसावले यसको व्यवस्था गर्नुपर्ने हो । तर सक्नु भएन । राप्ती रोडमा पार्किङ गर्न पाइएन भनेर व्यापारीहरुले जुलुस गर्नुभयो । घमासान लडाई भयो । रोकिएको छैन । अस्तव्यवस्त छ अहिले पनि । के, केही पनि गर्नु पर्दैन ? सबैले लत्तो छाडेने हो त ? समाधान यही हो त ? ल हामी त जसो तसो बाँचौला । सन्ततीको बारे सोच्नु पर्दैन । पर्दैन भने ठिकै छ । केही छैन । मैले लेखी रहेको मेरो लागि हैन त । के के गर्नु पर्ने हो ?
डा.बाबुराम भट्टराई प्रधामन्त्री हुँदा काठमाडौमा बाटो विस्तार भयो । के ति सबैलाई मुआब्जा दिएको छ ? सांसद नरहरी आचार्य, सुभद्रा जो हुनुहुन्थ्यो, उहाँहरुलाई गाडीमा हालेर गिरफ्तार गरेर बाटो विस्तार गरिएको हेरिएको छ । हेटौडाको बाटो विस्तारको बारेमा लेख्दा न्याय गर्दै बाटो विस्तार गरौं भनि लेखेको छु । कसैको सम्पत्ति त्यसै लिन पर्दछ भनेको छैन । कसले लियो, कसले लिएन त्यो राज्यले केलाउन पर्छ । भत्काउछु भन्दै नक्सा पास गर्दै घर निर्माण गरेको किन ? त्यो भनेको विना सर्त भत्काउँछु भनेको हैन र ? वर्षौ पसल गरेको त्यो जग्गामा । अनि एउटा कित्ता जग्गा कति पटक किनबेच भयो ? सडक विस्तार निर्णय ०३१ सालमा गर्दा क्षतिपूर्ति लिएकाले घर जग्गा बिक्री गरेको र पछि किनेको रहेछ भने त्यसले पाउँछ कि पाउँदैन ? नपाएको भए पाउँनु पर्छ । तर बाटो विस्तार रोक्नु हुन्न भनेको हो । मेयरसाव, सांसद समेतको वक्तव्य आएको छ । त्यो स्वागत योग्य छ । भविष्य हेर्नुपर्छ र निर्णय लिनुपर्दछ ।
कमजोर मनस्थिति राख्नु हुन्न । हाम्रो हेटौडा शहर सिंगापुर बनाउने कि झिंगापुर बनाउने ? फूलै फूलको शहर बनाउने भनेर लागिएको छ । के त्यो राम्रो कार्य हैन ? यसमा सबैको सहयोग चाहिन्छ कि चाहिदैन ? एक व्यक्ति एक विरुवा रोप्ने अभियान के राम्रो हैन, हुनत नराम्रो भन्न पनि सकिएला, तर सत्य त्यो होइन । ईजरायल जो देश छ । त्यहाँ बाटो दायाँ बाँया फलफूलका बोट छन् रे । विहान त्यो फल झरेर सफा गरिरहेको हुन्छ रे । फलफूलको जुस बाटोमा पानी राखे जस्तो राखेको हुन्छ रे । बालुवामा माटो पानी लगेर त्यो प्रगती गरेको छ त्यो देशले । हामीकहाँ माटै- माटो छ तर हाम्रो हविगत कस्तो छ ?
कमजोर मनस्थिति राख्नु हुन्न । हाम्रो हेटौडा शहर सिंगापुर बनाउने कि झिंगापुर बनाउने ? फूलै फूलको शहर बनाउने भनेर लागिएको छ । के त्यो राम्रो कार्य हैन ? यसमा सबैको सहयोग चाहिन्छ कि चाहिदैन ? एक व्यक्ति एक विरुवा रोप्ने अभियान के राम्रो हैन, हुनत नराम्रो भन्न पनि सकिएला, तर सत्य त्यो होइन । ईजरायल जो देश छ । त्यहाँ बाटो दायाँ बाँया फलफूलका बोट छन् रे । विहान त्यो फल झरेर सफा गरिरहेको हुन्छ रे । फलफूलको जुस बाटोमा पानी राखे जस्तो राखेको हुन्छ रे । बालुवामा माटो पानी लगेर त्यो प्रगती गरेको छ त्यो देशले । हामीकहाँ माटै- माटो छ तर हाम्रो हविगत कस्तो छ ? जे रोप फल्दछ यहाँ । हामीहरुको चेतना कस्तो छ ? विद्यालयमा यस्तो शिक्षा राख्नुपर्ने हो कि हैन ? किन राखिएको छैन यस्तो शिक्षा यहाँ ? किन त भन्दा विदेशबाट सामान आयात गर्ने, देशमा केही नगर्ने, भएभरको रेमिटान्सबाट आएको पैसा खानपीन गर्ने सामान किन्न आयात गर्न विदेश पठाउने कार्य भइरहेको छ । विदेशबाट आउने कयौं खाद्यपदार्थ रोकी देशमा नै फलाउनु पर्दछ । विदेश रकम जान रोक्नुपर्दछ । अति आवश्यक बस्तु मात्र खरिद गर्ने हो । आफनो देशमा जो उत्पादन हुन्छ । त्यो अधिकतम उत्पादन गर्नुपर्दछ र आयात घटाउनु पर्दछ । अन्तमा बाटो विस्तार कार्य रोक्ने कोशिश भएको छ । यो हेटौडाको लागि दुर्भाग्य हुनेछ । अहिलेलाई यत्ति ।