पाँच वर्षपछि आखिर प्रहरी खोरैमा

लोकखबर
२ श्रावण २०७६, बिहीबार २१:३०

मकवानपुर।जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्ति पाँच वर्षपछि प्रहरीको नियन्त्रणमा आएका छन् ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाइँ ५ वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागाइँलाई २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले गत असार ३१ गते मंगलबार हेटौंडा–२ बाट पक्राउ गरेको हो ।

उनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाजमा अपराधमा संलग्न भई लुक्दै भाग्दै हिडे्पनि आखिर एक दिन कानूनको फेला पर्नुपर्छ भन्ने राम्रो चेत सायद चौलागाईंलाई परेको हुनुपर्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*