आइरन तथा स्क्राप व्यवसायीको हड्ताल, सरकारप्रति यस्तो छ गुनासो

लोकखबर
३ श्रावण २०७६, शुक्रबार २२:२२

मकवानपुर । आफूहरुको व्यवसाय धरापमा पार्न सरकार उद्यत रहेको भन्दै आईरन तथा स्क्रयाप व्यवसायी हड्तालमा उत्रिएका छन् । व्यवसायीहरु सरकारले लगाएको कर प्रणालीले आफ्नो पेसा व्यावसाय धरापमा बताउँछन् ।

आईरन तथा स्क्रयाप संघ मकवानपुरले जिल्लाका सम्पूर्ण कवाडी सामान नउठाएका हुन् । संघले विज्ञप्ति जारी गर्दै सरकारले पुनरावलोकन गर्न सरकार सामु माग गरेको छ ।

हेटौंडा नगरपालिकाको करिब ७० प्रतिशत फोहोरजन्य सामाग्री कवाडी सङ्कलनकर्ताले उठाउदै हेटौंडा शहर सुन्दर शहर बानाउन आफूहरुले सहयोग गर्दै आएको कवाडी व्यावसायिक संघ मकवानपुरका अध्यक्ष सुनिल अधिकारीले बताए ।
गाउँ शहर नगर सफा र सुन्दर बनाउन आफूहरु लागिपरेका तर राज्य विभिन्न कारणले आफूहरुको पेशा धरापमा पार्न लागेको अध्यक्ष अधिकारीले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*