यातायात व्यवसायीले पोखे यस्तो दु:खेसो

लोकखबर
३ श्रावण २०७६, शुक्रबार २३:०२

मकवानपुर ।  यातायात व्यवसायी, ढुवानी व्यवसायी तथा यातायात मजदुरले सरकार यातायात क्षेत्रको समस्या समाधानका लागि तयार नभएको आरोप लगाएका छन् ।

यातायात क्षेत्रका समस्या समाधानका लागि जिम्मेवार हुनुपर्ने सरकारले आफूहरुको समस्यालाई वेवास्ता गरेको यातायात व्यवसायी, ढुवानी व्यवसायी, यातायात मजदुरहरुको संयुक्त समितिका संयोजक गोकर्ण पराजुलीले आरोप लगाए । पत्रकार सम्मेलन गर्दै पराजुलीले यातायात क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नदेखिएकाले मालबाहक ट्रक चलाउन नसकिएको उनले बताए ।

पराजुलीले ट्रक व्यवसायी र मजदुरलाई लगाइएको भ्याट अव्यवहारिक भइरहँदा भेहीकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस) अभ्यासमा ल्याउँन व्यवसायीलाई कठिन हुने बताए ।

पराजुलीले यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा राज्य ७० हजार ट्रक व्यवसायीसँग कर मात्र असुल्ने, मजदुरलाई हिरासतमा राख्ने र व्यवसायीलाई जरिवाना गराउने काममा मात्र सक्रिय भएकाले तत्काल ट्रक सडकमा गुडाउन नसक्ने बताए । उनले यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा यातायात मन्त्रीले भेट समेत नदिएको गुनासो गरे ।

पत्रकार सम्मेलनमा नारायणी यातायात व्यवसायी संघ हेटौँडाका महासचिव सरोजकुमार खनालले राजमार्गमा यातायात मजदुर असुरक्षित भएको र राज्यले यातायात व्यवसायमा भइरहेको लगानीलाई नै हतोत्साही पारिरहेको दुःखेसो गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*