हटिया-हर्नामाडी क्षेत्रलाई हेटौंडाको नयाँ शहर बनाऔं
हेटौंडाको सबैभन्दा पहिला विगतलाई हेर्नुपर्छ । अहिले हामी कहाँ छौं, हामी कहाँ छौं र अब हामी कहाँ पुग्छौं भन्ने मुख्य कुरा हो । हेटौंडा जङ्गलबाटै विकास भएको हो । पुरानो सांस्कृतिक पक्षहरु नभएको नयाँ शहर हेटौंडा हो । यो हुनु भनेको जनतालाई सांस्कृतिक र इतिहासले जोड्दैन । हेटौंडाको विगतलाई तीन भागमा हामीले हेनुपर्छ एउटा २०२६ सालसम्म, अर्को २०२६-२०३९ सम्म र २०३९ सालपछि २०४७ सम्म छुट्टै नयाँ युग हेटौंडाले सुरु गरेको देखिन्छ । वि.सं.२०२६ सालमा नगर पञ्चायत हेटौंडा भयो । वि.सं.२०३९ सालसम्म खासै विकास भएन । तर वि.सं.२०३९ सालपछाडी मकवानपुरको सदरमुकाम भीमफेदीबाट हेटौंडा सारिएपछि हेटौंडा विकासको गतिमा अघि बढेको हो । हेटौंडा विकासका लागि अगाडी बढाउँन बाशुदेव रिजाल, ओमुटेम्पा लामा, निरशङ्कर श्रेष्ठ, अहिले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल जस्ता व्यक्तित्वको ठूलो योगदान छ । हेटौंडालाई वडागत रुपमा हेर्दाखेरी विविधतायुक्त वडा छन् । हेटौंडामा १.६६ वर्ग किलोमिटर क्षेत्र भएको वडादेखि ४७ वर्ग किलोमिटर भएको वडा पनि हामीसंगै छ । हेटौंडाको वडा नम्बर ४ को १.६६ वर्ग किलोमिटर क्षेत्र छ । तर विडम्बना यो छ की यही वडामा सबैभन्दा बढी मानिस बसोबास गर्छन् । अब विकास गर्ने, योजना बनाउँनेले यो तथ्यलाई विचार गर्नुपर्ने हुन्छ । अर्को कुरा हेटौंडाको भूगोललाई हेर्यो भने मुख्य गरी दुई रिभर सिस्टमले जोगाएको छ । एउटा रापती रिभर सिस्टम, अर्को कर्रा रिभर सिस्टम । यो दुइ वटा रिभर सिस्टमको बैंक नै हाम्रो बसाबासको क्षेत्र हो । यसर्थ हेटौंडाको विकासलाई हेर्दाखेरी पुरानो ११ वटा वडा र अहिले थपिएको ८ वटा वडालाई हामीले छुट्टाछुट्टै रुपमा हेर्नुपर्छ । पूरानो वडा असाध्यै सानो सानो वडा छन् । पछि थपिएका वडाहरु ठूला ठूला खालका छन् । विकास गर्दा यसलाई एउटै आँखाबाट हेर्नु हुँदैन । दुई वटा भूगोललाई दुई वटै लेन्सबाट हेर्नुपर्छ । स्रोत अलग्गै छन् । त्यसलाई योजनाबद्द रुपमा लैजानुपर्छ । अर्को भनेको हाम्रो भूगोललाई जोड्ने पार्ट भनेको रापती नदीको दुई तिर ठूला ठूला भूभाग छ, कर्रा खोलाको दुईतिर ठूलाठूला भूभाग बसेको छ । जति जति हामीले कर्रा र राप्तीमा कनेक्टिभिटी बढाउँछौं त्यति विकास छिटो हुन्छ । कनेक्टिभिटी घटायौं भने विकास ढिलो हुन्छ । यसको स्टाटेजिक भ्यालुलाई हेर्यौं भने अबको दश देखि पन्ध्र वर्ष भित्रमा हेटौंडा दक्षिणबाट कम र पूर्वबाट बढी विकासको लहर बढ्ने क्रम देखिन्छ । शहरी दक्षिणको प्रवेश भनेको चुरिया हो । अब चुरियाको फ्लो घट्दै जान्छ र पूर्व फुर्केचौर क्षेत्रबाट फ्लो बढ्न थाल्छ । यसर्थ अब हेटौंडाको नेतृत्व गर्नेहरु, राजनीतिक व्यक्तिले अब पुरानो होइन, नयाँ हेटौंडा बनाउँनतिर लाग्नुपर्छ । नयाँ हेटौंडा भनेको अहिलेको हटिया -हर्नामाडीको क्षेत्रमा नयाँ हेटौंडाको परिकल्पना गर्नुपर्छ । प्रदेश ३ को राजधानी हेटौंडा बनाउँने भनेर हामीले भनिरहेका छौं भने हामीले नयाँ हेटौंडा बनाउँनुपर्ने हुन्छ ।
यसर्थ यो नयाँ हेटौंडा भनेको पूर्व नै हो । हेटौंडालाई मुख्य तीन वटा राष्ट्रिय राजमार्गले जोड्छ, फास्टट्रयाक, कान्तिलोकपथ र अर्को हो धरान चतरा सडक । यी तीन वटै सडक पूर्वबाट लिङ्क हुने भएकाले अबको विकास हुने पूर्वबाटै हो । अहिले जति विकास भएको छ त्यो दक्षिणबाट भएको विकास हो । यो पक्षलाई हेटौंडाको नेतृत्व गर्नेले बुझ्न सक्यो हेटौंडाको भविष्य उज्ज्वल छ, यो पक्षलाई नबुझि अहिलेको पूरानो हेटौंडामै हामी खुम्चिएर बस्यौं भने हेटौंडाको भविष्य उज्ज्वल हुदैंन ।
नयाँ हेटौंडा बनाउँन समय त लाग्छ तर मुख्य कुरा योजना एवम् सोच हो । अहिलेको काठमाडौंको चक्रपथ जसलाई हामी रिङ्रोड भन्छौं । यो रिङ्रोड सुरु गरिएको वि.सं.२०३२ सालमा हो । त्यो बेलामा आठ लेनको सडक बनेको थिएन । त्यहाँ जम्मा दुई लेनको मात्र सडक थियो । तर सोचाई आठ लेनको सडक बनाउँने थियो । चालिस वर्ष पछाडी भनेपनि आठ लेनको सडक बनाउँन त सकियो नि । नेपालको सबैभन्दा फराकिलो सडक यही बन्न गयो । अहिले नै सबै कुरा गर्न सकिन्छ भन्ने होइन । उदाहरणका लागि सुदुरपश्चिमलाई लिन सकिन्छ । यो प्रदेशले नयाँ ठाउँमा राजधानी बनाउँछु भन्यो । गोदावरी नगरपालिका भनेको अहिलेको अत्तरिया क्षेत्र हो । कनै केही पनि संरचना नभएको अत्तरिया क्षेत्रमा राजधानी बनाउँन लागियो । सोच यो लिनुपर्यो, नयाँ ठाउँमा नयाँ संरचना बनाउँन सकिन्छ । चक्रपथ बराबरको रोड हामी कहाँ दिनसक्छौं, राज्यलाई चाहिने संरचना अन्त हामी जहाँ दिन सक्छौं त्यो ठाउँको विकास हुन्छ । अहिले नै प्रदेश सरकारलाई कस्ता कस्ता खालका संरचना चाहिएला, खुल्ला क्षेत्र, सरकारी संयन्त्रहरु, व्यापार क्षेत्र कति चाहिएला भन्ने आँकलन अहिले गर्नुपर्छ । आधारसहितको दीर्घकालीन सोच बनाइयो भने मात्र हामी सफल हुनसक्छौं । उदाहरणका लागि नयाँ दिल्ली, पूरानो दिल्लीलाई हेर्न सकिन्छ । पूरानो कलाकत्ता र नयाँ कलकत्तालाई हेर्नसक्छौं । नयाँ कलकत्तामा युरोप पाउँन सकिन्छ । पुरानो कलकत्ता त्यही कुहिरो, धुवाँ, धुलो भएको कलाकत्ता पाउँन सकिन्छ । त्यस कारण अबको सोच नयाँ हेटौंडा बनाउँने हुनुपर्छ जसले प्रदेश ३ को राजधानी बनाउँन सकियोस् । हेटौंडाको वडा नम्बर १२, पदमपोखरी हो क्षेत्र अहिलेको सबैभन्दा सुरक्षित ठाउँ हो । हाइटमा पनि भएको र खहरेको पनि कम समस्या सुरक्षित भूमी पदमपोखरी क्षेत्र हो । दुई वटा पुल पनि बन्दैछ । वास्तवमा पदमपोखरी क्षेत्रको विकास गर्ने हो भने नवलपुर क्षेत्रबाट अथवा थानाभर्याङ क्षेत्रबाट अब हामीले पक्की पुलको कनेक्टिभिटी दिनसक्यौं भने त्यो एरियाले विकासले गति लिनसक्छ । हेटौंडाको विकासका लागि पूरानो ११ वटा वडा र पछि थपिएको ८ वटा वडा यो दुईलाई छुट्टाछुट्टै रुपमा हेरियो भने पहिलाको ११ वटा जोडिएको क्षेत्रफल भन्दा अहिलेको १८ नम्बर वडाको क्षेत्रफल ठूलो छ ।
हेटौंडाको सडक विस्तारको सन्दर्भमा पनि हेटौंडा विकासको बहस गर्नु आवश्यक छ । हेटौंडाको सडक अब २५ मिटर हुनुपर्ने कुरामा कुने विवाद छैन । अहिलेकै सडक २५ मिटर बनाउँदा हुने लाभ र क्षति बारे सोच्नुपर्छ । योजनामा जहिले पनि हामीसंग विकल्प हुने गर्छ । क्षतिपूर्ति सहितको योजनामा गइयो भने अहिलेकै सडक फराकिलो पार्ने योजनाले सफलता पाउँदैन । किनभने सरकारले क्षतिपुर्ति दिन सक्दैन । क्षतिपुर्ति दिनुभन्दा त नयाँ विकल्पमा गयो भने क्षति कम हुन्छ । त्यस कारण मैले नयाँ शहरको आवश्यकता भनेको हुँ । हामी योजना बनाउँने, योजनाका विद्यार्थीहरुले आजको लागि हेर्नै नै होइन, दश पन्ध्र वर्ष पछाडीलाई हेर्ने हो भने हाम्रो अहिलेको सडक साँघुरो छ । अहिले नै तीन वटा राष्ट्रिय राजमार्गले मकवानपुरलाई जुन जोड्दैछ । अब हामी दक्षिणमा धेरै पर पर्ने नै होइन, अहिले हामीसंग भएको राजमार्ग भनेको दक्षिणको भर हो । हेटौंडाको सडक विस्तारको कुरा २५ मिटरमा अल्झिएर बस्यौं भने विकासमा अझ पछाडी परिन्छ । त्यस कारण समयमै हामीले विकल्प खोज्नुपर्छ । अहिलेसम्म हेटौंडाको विकास दक्षिणले ल्याएको हो, उत्तरबाट हेटौंडाको खासै विकास भएको छैन । अबको दशवर्षपछिको अवस्था हेर्नुहोस् पूर्वले विकासको गति दिन्छ, दक्षिणले दिदैन ।
समृद्दिको कुरा गर्नुपर्दा उत्पादन बढी दिनसक्ने ठाउँ हेटौंडा होइन । उत्पादन दिनसक्ने खालको जमीन हामीसंग कम छ । त्यस कारण हामीले नेचुरल प्रोडक्ट भन्दा पनि म्यानुफेक्चरिङ् इन्ड्रस्टिजहरुलाई नै प्रोमोट गर्नुपर्ने हुन्छ । बस्तु उत्पादनसंग जोडिएका उद्योगहरुलाई नै हामीले विकास गर्नुपर्ने हुन्छ । अहिले जुन नयाँ औद्योगिक क्षेत्रको अवधारणा आएको छ त्यो एउटा र अर्को हामीसंग करिब ३४ प्रतिशत क्षेत्र वनको छ । वनजन्य उत्पादन र फलफूलसंग जोडिएका उत्पादनमा गयौं भने हाम्रो सम्वृद्घि छ । काठमाडौं लगायतका क्षेत्रबाट अथवा पूर्वबाट, उत्तरबाट, दक्षिणबाट मानिसहरुलाई बसोबास गराउँन सक्यौं भने बसोबासबाट समृद्दि ल्याउँनसक्छौं । शिक्षाबाट पनि समृद्दि ल्याउँन सक्छौं । अर्को पक्ष भनेको औद्योगिक क्षेत्रबाट हामीले ल्याउँनसक्छौं । कृषि र फलफूलसंग जोडिएको उत्पादनलाई हामीले उद्योगमा अथवा भ्यालुचेनमा हामीले जोड्नसक्यौं भने समृद्दि आउँनसक्छ, अरुबाट समृद्दि आउँदैन ।
लेखक महर्जन, शहरी विकास, वातावरणका विज्ञ हुन् ।
महर्जनर्ज्यूले हेटौंडा सहरको बिषयमा महत्वपूर्ण /गम्भीर इस्यु उठाउनु भएको छ ।धन्यवाद ।