देश बिगार्न खोज्नेदेखी होसियार
अहिले ईन्जिनियर, कर्मचारी, प्रहरीहरु समेतका जिम्मेदारीमा,आहदामा बस्नेहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । किन चलाएको मुद्दा ? तिनले के गरे भन्ने प्रश्न उठ्न सक्छ । के का लागि त्यो अपराध गरे तिनले ? ईन्जिनियर, डाक्टर पढ्न कति खर्च लाग्छ ? त्यो खर्च कँहाबाट ल्यायो होला पढ्नको लागि । अब त्यो ईन्जिनियर, कर्मचारी, प्रहरी पक्राउ पर्यो । जागरि जान्छ । त्यस घरको हालत के होला । त्यहाँका बालबालिका, उनको पत्नी, बाबु आमा आश्रितहरुको के हालत होला । समाजमा उसको के अवस्था होला । पहिलेदेखि भन्दै, लेख्दै आएको हो । पत्नीले विवाहमा जाँदा लगाउने सामाग्रीको मूल्य कति पर्छ । कति मूल्यको समाग्री लगाउने होला । त्यो कँहाबाट आयो ? यसकारण यस्तो भएको छ समाजमा ।
घर वरपर कसको हैसियत के ? भन्ने छ । रातारात मालामाल भएका छन् मानिस । आश्चर्य छ समाजमा । कसरी कमायो यार त्यसले भन्ने छ । उसले केही उद्योग गर्न नपर्ने, कृषि काम गरेको छैन । त्यो मजदुर र कृषि कार्य गर्नेको ७ पुस्ता उस्तै छ । अझ तल धकेलिएको छ । यावत कुरा हाम्रो देशमा छ ।यसलाई केलाएर हेर्ने कसले ? हेर्ने मानिस, भनौ नेता उहि छ त्यहाँ उसले हेर्दैन । हे¥यो भने आफै पर्छ फन्दामा । जस्तै अख्तियारले आजैको कुनै पत्रिकामा समाचार आएको छ । नेतालाई कारवाही चलायो भने हाम्रो जागिर जान्छ । विकास निर्माण गर्ने उपभोक्ता समिति आफ्नै अनुकुल बनायो, डोजर जनप्रतिनिधिकै, ठेक्का आफ्नै आदि ईत्यादी छ अहिले ।
भ्रष्टाचारको कुरा गर्दा सयौं मानिसका बारेमा अख्तियारले अनुसन्धान भैरहेको जनाएको छ । खै हेरौं को को कसमाथि चलाउन थालेको हो । कम्तिमा एकपक्षलाई मात्रै भएनि अहिले कारवाही गरेपनि हुनेथियो । पछि अर्को पक्ष सत्तामा आएपछि अर्कोलाई गर्ला यस्तो भयो भने जनता र देशले अलिकति भनेपनि सान्त्वना पाउने थियो ।
देशमा बग्रेती समस्या छ । भनि साध्य छैन देशमा समस्या । डाईभरलाई कारवाही गर्ने कानून निर्माण गर्न थाले उसको जुलुस र प्रतिपक्षको समर्थन । लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्ने कानून निर्माण गर्न थाले उसको जुलुस त्यसलाई पनि प्रतिपक्षको समर्थन । आदि ईत्यादी छ अहिले । अब कसरी नयाँ नेपाल निर्माण हुन्छ । विचार कार्यशैली नयाँ भयो भने न नयाँ नेपाल निर्माण हुने हो ।
गुठीको जग्गा कमाउने मोहीलाई मालिक बनाउन लाग्यो भने गुठीको मालिकले नेतृत्व गर्ने जुलुसमा कुरै नबुझी मोही आउँछ । उत्पादित सामान निकासी गर्दा अनलाईनमा राख अनि पठाउँ भन्दा सवारी चालक र सहचालकलाई उचालेर हैरान, अब के गर्ने त ।
रुपचन्द्र विष्टले आफ्नो पर्चामा लेख्नु भएको छ – ‘रछानमा हिरा कुहिएको छ भन्नेले लगाएछन्, चितुवालाई वाख्राको गोठालो ।’ यस भनाईको के मतलब छ त ? बुझ्न कठिन छ । गुठीका मालिकलाई किसान, मोहीलाई जग्गाको मालिक बनाउन खोजेको हो । तर मोहीले कुरा बुझेन र मालिकको आन्दोलनको पछि लाग्यो ।
नेपालको संविधानले समानता भनेको छ । के हो समानता ? समाजवाद उन्मुख भनेको छ । के हो समाजवाद उन्मुख भनेको । देशमा भएका असमानता नहटाउने हो भने संविधानको के अर्थ ? समाजवादमा जाने बाटो नै असमानता हटाउने हो । सबै खाले असमानता हटाएमा मात्र समाजवाद आउँछ । हैन समाजवादमा नजाने हो भने असमानता राख्नु प¥यो । असमानतै असमानताले देश आक्रान्त भएर क्रान्ति गरिएको हो । राणाका विरुद्ध काँग्रेस–कम्युनिष्टले आन्दोलन गरे । काँग्रेसले दुई तिहाई पाएपनि टिक्न सकेन । पञ्चायत आयो । पञ्चायत पुन ः काँग्रेस–कम्युनिष्ट मिलेर फाले । राजा फेरि बाँकी रह¥यो । पुन : काँग्रेस-कम्युनिष्ट मिलेर राजा फाले । अनि कहिले काँग्रेस कहिले कम्युनिष्ट राजा बने । त्यो क्रम चलिरहेको बेला दुई खेमा अर्थात दुई धु्रव कम्युनिष्ट मिलेर काँग्रेसलाई प्रतिपक्षमा पु¥याएको छ । पंचायतका मानिस,राजा भनौदा कता पुगे थाहा छैन । अब को कँहा पुग्ने हो, थाहा छैन, हेरौंला ।
पहिले हाम्रा बाजेका पालामा जग्गाको कर लिईन्थ्यो । त्यो कर जिमदारले लिएर राज्यमा बुझाउँथ्यो । विस्तारै अन्य कर लिन थालियो । अहिले गणतन्त्र, कम्युनिष्टको सरकारले कति कर लगाएको छ । अझ प्रदेश सरकारले कर बेलामा कर नतिरे दोब्बर लाग्ने बनाएको छ रे । कर लियो, ठिक छ जति लिए पनि हुन्छ । त्यो करको रकम राज्य कोषमा जम्मा हुन्छ । त्यो रकम बजेट विनियोजन मार्फत खर्च हुन्छ । कँहा खर्च हुन्छ । कसरी खर्च हुन्छ । साधारण खर्च र विकास खर्च दुई खेमामा छुट्टयाएको हुन्छ । विकास भन्दा साधारण खर्च बढी छ । त्यो रकम देश सञ्चालन खर्च हो । पहिलो अंकमा लेखियो । कार्यालयमा प्राप्त बजेट हाकिमले खर्च गर्छ । भएभरको फर्निचर, कार्पेट, सवारी साधन कवाडीमा थन्काएर नयाँ खरिद गरेको पाईन्छ । त्यो नयाँ खरिद गरेपछि कमिसन मिल्दोरहेछ । देशको माया नगरि कन त्यो खर्च गरेको छ । के यो देश त्यो हाकिमको हैन ? त्यसलाई यो देशको माया छैन । त्यसलाई घरको चिन्ता छ । छोरा छोरीर पत्निको चिन्ता छ । ससुरालीको चिन्ता छ । सालीको चिन्ता छ । त्यो कमिसनबाट आएको रकम खर्च कँहा गर्ने चिन्ता छ उसलाई । यदि त्यो साधारण खर्च गर्ने रकम किसानलाई दिने हो भने किसानले सहुलियत पाउने हो भने उत्पादन गर्छ । सस्तोमा उत्पादन गर्छ । आयात कम हुन्छ । विदेशीने रकम नेपालमै थपिन्छ । रकम थपिएपछि आर्थिक वृद्धि हुन्छ । यहाँ विद्वानको खाँचो भएको होइन । इमान्दारको खाँचो छ । देशभक्त मानिसको खाँचो छ । मौद्रिक नीति आयो रे पहिले के आएको थियो । अहिले कस्तो आयो । उद्योगपतिलाई आयो कि, किसानलाई आयो कि, मजदुरलाई आयो कि । उद्योगपति, व्यापारिलाई आएको भए पुँजीपतिलाई आयो । किसान मजदुरलाई आयो आएन ? मलाई लागेको त त्यो किसान र मजदुरलाई अहिले आउनेवाला छैन । कम्युनिष्ट सरकारले पनि त्यो पुँजीपति, व्यापारी, कमिसनखोरलाई नै मद्घत पुग्ने गरी कार्य गर्ने हो । उसले त्यो किसान मजदुरलाई हुने गरी राज्य सञ्चालन गर्नै सक्दैन । यो अपराधी षडयन्त्रकारीको चंगुलमा फसेको छ । त्यो चंगुलबाट बाहिर निस्कनु पर्दछ । निस्कन सक्नुपर्दछ । अहिलेको आवश्यकता हो । गृहमन्त्रीले बोलेको कुरा यहाँका मानिसले बुझ्दैनन् । उनले भन्न खोजेको के हो सम्म यहाँ बुझिदैन । उडाउने गरिएको छ । आखिर सत्य कुरा बोलेको हो नि । यो देशमा पहिलेदेखि यस्तै व्यवस्था चलाएको हुनाले त्यो सस्कार, संस्कृति, व्यवहार हटाउन नसकिएको हो । यस्तै राष्ट्रियसभाका सांसदज्यूले बोलेको सुनियो । सायद त्यो नेपालीले पहिलो पटक सुन्न पाएका होलान् संसदबाट । वाह क्या मजाको कुरा आयो भनि प्रतिक्रिया व्यक्त गर्न थालिएको छ । देश सुधार्न खोजिएको पक्कै हो । बिगार्न खोज्ने पनि छन् । ति बिगार्न खोज्नेदेखि होसियार मात्र भईयो भने देश परिवर्तन हुन्छ । अहिलेलाई यत्ति ।