भनी नसाध्य यी कुरा
नेपालको शिक्षाका बारेमा धेरैलाई थाहा नहोला । लेखक धेरै पढेको मानिस त हैन । मैले नचिनेका एकजना वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापकसँग संगोगले भेट भयो । मैले उहाँलाई भने ‘नेपालका शिक्षकले देश विगारेका छन् ।’
अब कसरी बिगारे भन्नु ? पढाएकै छ । विद्यार्थी विद्यालयबाट एसएलसी(एसइई), आईए., बीए, के के के के गरेर विद्यावारिधी गरेको भनेको छ । त्यसले नेपालको विकासको लागि के अध्ययन गर्यो त भन्ने प्रश्न छ । उहाँले एउटा कुरा सत्य भन्नुभयो, यहाँको शिक्षामा बैदेशिक हस्तक्षेप भएकोले नै दक्ष जनशक्ति प्राप्त नभएको हो । धनी भनाउँदा देशको षडयन्त्रबाट नै त्यस्तो शिक्षा थोपरिएको हो नेपालमा । किन यस्तो गरियो त ? अर्काको देशमा कस्तो शिक्षा पढाउने ? आफ्नो देशमा कस्तो शिक्षा पढाउने ? देशमा शिक्षा प्राविधिकयुक्त भएन भने उसको देशको उत्पादन हामीले खरिद गर्नुपर्यो । हामीसँग ज्ञान सिप नहुने भयो । खाली कोरा शिक्षा, प्रमाणपत्र देखाउनको लागि मात्र । मैले यति पढेको छ । उति पढेको छ भन्नलाई त काम लाग्यो तर देशको लागि काम लागेन । उचित शिक्षा भएन ।
देशका भएभरका राम्रा मानिस परदेश गए । यहाँ बाँकी रहे असक्षम, अयोग्य । भएका पनि घुष मुद्दामा सबै जेल पर्ने भए । कुनै अफिसमा जानुस् कम्युटरमा बसेको कर्मचारी काम गर्न जान्दैन । सेवाग्राहीले हैरानी खेप्नुपर्छ । टाइप गर्न जान्दैन । अक्षर बिगार्छ । अलि जान्ने होला नि देशमा त्यो जनशक्ति त्यो पदमा पुग्न सक्दैन । किनकी उसको सोस फोर्स हुदैन । अझ नयाँ कानून आएपनि पुरानो कर्मचारीले पुरानो कानून पल्टाएर हेर्छ । नँया पढ्न आउँदैन त्यसलाई । यही कारणले सरकार र मन्त्रीले काम गर्न नसकेका हुन् । यो रोग पत्ता लगाउनु पर्ने हो । यत्ति पनि ध्यान छैन सरकार र मन्त्रीलाई । के गर्न सक्छन् यिनले ? प्रधानमन्त्री र मन्त्री बिच काम गर्ने करार गरेको रे । अनि मन्त्री र सचिव बिचमा करार गरेको रे । यो किन गरियो त भन्दा खासमा काम गर्न नसकिएर हो । राम्रा मानिस, योग्य मानिस राखेर हेरौं त, हुन्छ कि हुदैन ।
कति स्थानीय तहले संघीय सरकारले पठाएका कर्मचारी फकाईदियो रे भनेको सुनिन्छ । किन यस्तो भयो त भन्दा काम गर्न जानेन होला जस्तो लाग्छ मलाई । यस्ता काम गर्न नजान्नेलाई जे जानेको छ त्यही दिनुपर्ने हो । तर यहाँ आफ्ना मानिस राखिन्छ । त्यसले काम गर्न जान्दैन, जनता र देशले दुःख पाउँछ । हामी पनि त्यस्तै छौ । मेरो मानिस राखिदे, नत्र अर्को चुनावमा तलाई पख भन्ने गरिन्छ । राम्रो चिज खोजिएको छैन । हाम्रो मात्र खोजियो ।
मकवानपुरगढी गाउँपालिकाले सामाजिक सुधारका काम गर्यो रे भनि पत्रीकामा छापियो ।सामाजिक व्यहार (सुधार) ऐन, २०३३ पहिलेदेखि लागू छ नेपालमा । त्यही कानूनसम्म अहिले लागू गरिएपनि हुन्थ्यो । कम्युनिष्टका नेताका छोरा छोरीको विहे हेर्नुस् हेर्न सकिदैन । कहाँबाट आयो त्यो सम्पत्ति ?उसको कुनै पेशा व्यवसाय छैन । पेशा व्यवसाय हुनेले आर्जन गर्नेले गर्छ गरोस् तर नहुनेले गरेपछि आश्चर्य हुनुपर्ने हो । त्यसलाई ऐन बमोजिम कारवाही हुनपर्ने हो नि । तर हुदैन यहाँ । अस्वभाविक गतिविधि छ समाजमा । स्वच्छ व्यवहार छैन । स्वच्छ कार्य गर्न स्वच्छ व्यहार हुनपर्छ ।
धर्म र राजनीति बारे लेखिरहेको छु । मानव जीवनका बारेमा व्याख्या गर्नेको कुनै कमी छैन । मानिस मरेर मलामी जानुहोस्, त्यहाँ मानिसहरुले भन्छन् केही लानु छैन । त्यहाँबाट घर आयो अनि त्यो कुरा बिर्सियो । घाटमा गयो । अनि फेरी किरिया बसेको ठाउँमा भेट्न गयो । फेरि पितृ प्रसादमा गयो । एकजना म¥यो भने चार पटक पुग्नु पर्यो । त्यहाँ मानिस जम्मा हुन्छन् । दिन भर बस्यो । तिनले काम गर्ने हो भने कति श्रम हुँदो हो । भागवत गिता राम्रो विद्या हो । त्यो भागवत सुन्न दिनभर बस्यो, घर आयो आनीबानी सुधार छैन । अनि मानिस दिक्क भएर धर्मपरिवर्तन तिर लागेको हो । त्यो जनशक्ति र त्यसबाट कति निर्माण उत्पादन हुन्थ्यो । हाम्रो देश र हामी त्यसै गरीब भएका होइनौं । कस्तो रहेछ हाम्रो धर्म सस्कार, संस्कृति ।
नेपालमा कमिसन कति ठाउँमा हुन्छ । साध्य छैन । साझा बस आयो भन्छन् । फेरि खान नपाउन् । वायुसेवाका जहाज आइरहेका छन् । हालसालै नयाँ जहाजमन्त्री पनि फेरिएका छन् । ति जहाज पनि नखाउन् । राम्रो गर्छु भनेको छ । कसले कसले उतिबेला खाए त्यसको खोजविन हुनुपर्छ । खोजविन गर्दा को को पर्छ, सबैलाई त्यसको डर छ । जसले खायो त्यसलाई डर हुने नै भयो । विद्युत लोड नगर्दा देशलाई कति फाइदा छ । विद्युतबाट काम गर्नेले राम्रोसँग काम गर्न पायो । उद्योगमा उत्पादन बढ्यो । बेरोजगारीलाई रोगजारी मिल्यो । आम्दानी बढ्यो । पत्रिका निकाल्नेले पनि बेलामा काम पायो । फाइदै फाइदा रहेछ । डिजेल खर्च कम भयो । रकम विदेश जान कम भयो । व्यापार घाटा कम गर्न मद्घत मिल्यो । आखिर हुँदो रहेछ त ।
उपचार खर्चको कुरा छ । नेपालमा रोगको उपचार हुन्छ, हुदैन । किन विदेशमा उपचार गर्न जानु प¥यो ? नेपालमा उपचार हुदैन भनेर प्रमाणीत हुनु पर्छ कि पर्दैन । एक लाखले हुने उपचारको लागि ५० लाख किन दिनुपर्यो ? त्यो एकलाख पनि नेपालमा उपचार गर्दा रकम नेपालमा नै रहने भयो । उनान्चास लाख त कँहा राख्ने ? विदेशमा राख्ने, उतै उद्योग धन्दा खोलेको होला । नेपालमा थाहा हुने भएन । यसरी चलाई राखेका छन् नेताले देश । अथाहा सम्पती हुनेलाई राज्यकोषबाट खर्च दिइन्छ ।
नेपालको संविधान समाप्त गर्ने शक्ति पनि सक्रीय होला । भारतीय विदेशमन्त्री, अन्य नेता नेपाल आउने रे । नेपाल धाई रहेका छन् । उकुस मुकुस भएको छ कतिलाई । तिनीहरु आय के गए के जनतालाई । हिजो आएकै हुन् । संविधान रोक्न खोज्ने व्यक्ति एस के जयशंकर मोदी सरकारका विदेशमन्त्री भएका छन् । तिनीसँग नेपाली नेताको संविधान जारी गर्दा विवाद भएकै हो । नाकाबन्दी लगाएकै हो । आवत जावतले कति असर गर्छ भन्ने हो ।
सामाजिक सञ्जालमा राजाको कुरा उठाईएको छ । उधोगति तिर जान खोज्ने पनि समाजमा छन् । संविधान सिध्याई दिन पाए हुने थियो भन्ने छ । कस-कसलाई घाटा होला । एकथरी शक्ति लागेको छ । भाड्न पाइयो भने अराजकतामा आर्जन गर्ने दाउ पनि होला । जनताले त्यसको प्रतिकार गर्न सक्छन्, सक्दैनन् ?
ठेकदारलाई कारवाहीको कुरा आएको छ । गर्न सक्छ कि सक्दैन ? त्यो नै मन्त्री हुँदो रहेछ । मेनपावरको मानिस राजदूत, उद्योगपति सांसद छ। त्यसले संसदिय समितिमा बसेर आफ्नो हित भएन भने कानून बनाउन अवरोध गर्दो रहेछ । त्यो कुरा समाचारमा बाहिर आएको छ ।
ठेकदारलाई मन्त्री हुन दौडदै ठीक छ । यता ठेक्काको काम पाएको नाइके जग्गा दलाल गर्दै हिडेको छ । बाटोको ठेक्का कब्जा गर्ने तर काम नगर्ने प्रचलन छ यहाँ । जनतालाई सास्ती दिएको छ । ठाउँ ठाउँमा हिलोमा गाडी गोरुले तानेको फेसबुक सञ्जालमा देखाईएको छ । देशमा त्यो हिलोमा हाल्ने ढुङ्गा, गिट्टी नभएको हो कि भन्ने भान् परेको छ । अलिकति ध्यान समेत दिईएको छैन ।