प्रदेशसभाको वर्षे अधिवेशन सकियो,सत्र विधेयक र एक नियमावली पारित

लोकखबर
२६ भाद्र २०७६, बिहीबार २०:११

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाको वर्षे अधिवेशनमा विभिन्न सत्र वटा विधेयक र एक नियमावली पारित भएको छ । आज प्रदेश राजधानी हेटौंडामा प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जानकारी दिएको छ ।

वैशाख ३० गतेदेखि भदौ २५ गतेसम्म ५३ घण्टा एक मिनेटसम्म बसेको बजेट अधिवेशनसमेत भनिने सो अधिवेशन समापन गरिएको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

अधिवेशन अवधिभर सात नयाँ विधेयक दर्ता भएको, अघिल्लो अधिवेशनको बाँकी नौ विधेयकसमेत गरी कूल १७ विधेयक पारित भएको र हालसम्म प्रस्तुत ४५ विधेयकमध्ये सबै पारित भएर प्रदेश प्रमुखकोमा प्रमाणीकरणका लागि पठाइएकामा ३८ वटा विधेयक प्रमाणीकरण भएर आएको उनले बताए ।

सभामुख श्रेष्ठका अनुसार प्रदेशसभाले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्य्विधि र प्रदेशसभा नियमावली पहिलो संशोधन २०७६ समेत पारित गरेको थियो ।

अधिवेशनका क्रममा प्रदेशसभा अन्तर्गतका सबै विषयगत समितिले आ आफ्नो वार्षिक प्रतिवेदनसभामा पेश गरेको, शिक्षा, स्वास्थ्य तथा कृषि समितिले चितवन र सिन्धुली जिल्लामा सञ्चालित सामूहिक चक्लाबन्धी खेती तथा मत्स्यपालन कार्यक्रमको स्थलगत प्रतिवेदन पेश गरेको, प्रदेशसभाले प्रदेशसभा दर्पण भाग दुई प्रकाशित गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*