लैगिंक हिंसाविरुद्दको अभियानमा हेटौंडामा अन्तरक्रिया

लोकखबर
१६ मंसिर २०७६, सोमबार २२:४७

मकवानपुर । लैगिंक हिंसाविरुद्दको १६ दिने अभियान अन्तर्गत मकवानपुरको हेटौंडा १२ मा अन्तरक्रिया गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक सेवा केन्द्र पशुपतिनगरको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको हो ।

सामुदायिक सेवा केन्द्र मकवानपुरका उपाध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा भएको अन्तरक्रियाका सहभागीले महिलामाथि भइरहेका हिंसा अन्त्यका लागि सरोकारवाला जुन रुपमा लागिपर्नु पर्ने हो, त्यति हुन नसकेको बताईएको छ । अन्तरक्रियामा प्रदेश ३ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहाल, मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंह र सामुदायिक सेवा केन्द्र मकवानपुरका सदस्य कपिल अर्यालले सहजीकरण गरेका थिए ।

अन्तरक्रियामा हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाह, महिला सेवा केन्द्रकी सचिव आँचल शर्मा, हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालविकास शाखाकी सरिता अधिकारी, उपभोक्ता मञ्च मकवानपुरकी सदस्य विमला थिङ लगायतको उपस्थिति थियो ।

अहिले देशमा जारी १६ दिने महिला हिंसा विरुद्दको अभियान अन्तर्गत विभिन्न सामाजिक जागरणका कार्य भएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*