चिसोबाट जोगिने उपाय
मौसम बदली भएका कारण चिसो बढेको छ । मकवानपुर लगायत देशभर बढेको चिसोका कारण हाम्रो देनिकी प्रभावित बनिरहेको छ । दिनप्रतिदिन चिसो बढ्दै छ । चिसो मौसममा धेरै मानिस बिरामी पर्छन् । विशेषगरी बालबालिका र वृद्दवृद्दाका लागि यो मौसम निकै जोखिमपूर्ण मानिन्छ । जाडोमा रुघाखोकी, दम,जोर्नी दुखाइ, श्वासप्रश्वासजस्ता रोगले सताउने भएकाले बेलैमा सतर्कता अपनाउँनुपर्छ ।
जाडो मौसममा स्वस्थ रहन अपनाउनुपर्ने उपाय :
१. घाम ताप्ने :
जाडो मौसममा सम्भव भएसम्म घाम ताप्न बाहिर निस्कने । जाडोमा अल्छीपना बढी हुने हुँदा निद्रा कम लाग्ने भएकाले आठ घन्टा सुत्ने । तनाव घटाउन शारीरिक कसरत वा योग गर्ने ।
२.पर्याप्त फलफूल र तरकारी खाने :
जाडोमा प्रशस्त मात्रामा फलफूल र तरकारीको सुप प्रयोग गर्ने । यसले शरीर तातो बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छ । गाँजर, सलगमजस्ता तरकारीलाई उसिनेर, रोस्ट गरेर वा सुप बनाएर पनि खान सकिन्छ ।
३.कालो चिया पिउने :
हरियो चियापत्तीको चिया र कालो चिया स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । यसमा मरिच, अदुवा, दालचिनी प्रयोग गरी सेवन गर्नाले टाउको दुखेको, घाँटीको समस्या ठिक हुन्छ । रुघाको लागि भिटामिन सीले राम्रो फाइदा गर्छ । कागती चियाले भिटामिन सी पनि परिपूर्ति गर्छ।
४.नियमित व्यायाम गर्ने :
विहान र बेलुका नियमित हिड्ने । हिडाईले शरीरमा रक्तसञ्चार बढ्छ । खाना खाँदा नियमित क्यालोरिनयुक्त खाना खाने । यदि हिँड्ने ठाउँ छैन भने एकै ठाउँमा उभिएर जगिङ गर्ने । यसबाट शरीर तात्छ र अल्छीपना हट्छ ।
स्वास्थ्यकर्मीसँगको परामर्शमा तयार सामाग्री