अब विपद बाजा बजाएरै आउँछ : मुख्यमन्त्री पौडेल

लोकखबर
१० पुष २०७६, बिहीबार १३:०७

मकवानपुर। प्रदेश ३ का मुखमन्त्री डोरमणि पौडेलले सूचना प्रविधिको विकासका कारण अब विपदपूर्व संकेत पाइने भएकाले विपद्पूर्व सचेत बन्नुपर्ने बताएका छन् । ” पहिले पहिले विपद बाजा बजाएर आउदैन भनिन्थ्यो । तर, अब विपद बाजा बजाएर आउँछ । ” मुख्यमन्त्री पौडेलले भने ।
मकवानपुरको हेटौंडामा आन्तरिक तथा मामिला कानुन मन्त्रालय, प्रदेश ३ ले आयोजना गरेको प्रदेश विपद व्यवस्थापन नीति तथा रणनीतिक कार्ययोजना तर्जुमा सम्बन्धि कार्यशालामा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । अब विपद जानुपूर्व सूचना, संकेत प्राप्त हुने भएकाले प्रदेशमा सोही अनुसारको व्यवस्थापनको तयारीमा लाग्न मुख्यमन्त्री पौडेलले प्रदेश ३ का प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालालाई निर्देशन दिए । विपद व्यवस्थापनको कार्य तीनै तहको सरकारको दायित्व भएको उनले जोड दिए । विपद पहिचान गरी कार्यान्वयनतर्फ लागि परिहाल्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ ।”चट्याङ,बाढी-पहिरो,सडक दुर्घटना के के विपद मुख्य समस्याका रुपमा छन् ।”मुख्यमन्त्री पौडेलले भने,” विपद पहिचान गरि व्यवस्थापन कसरी गर्ने भन्नेमा लागिपरिहाल्नुपर्छ ।” मुख्यमन्त्री पौडेललेयोजना बनाएरमात्र नहुने भन्दै परिणाममुखी काममा लाग्न सुझाव दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*