भ्रमण वर्षको स्वागतमा मकवानपुरमा मोटरसाइकल र्याली
मकवानपुर । भ्रमण वर्ष २०२० लाई सफल बनाउँन मकवानपुरमा स्वदेशी तथा विदेशी पाहुनाका लागि स्वागतका लागि स्कुटर र्याली आयोजना गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका उप प्रमुख भगवती पुडासैनीको संयोजनमा हेटौंडा ११, सहिद स्मारकबाट सुरु भएर हेटौडा बजार परिक्रमा गरी बुद्धचोकमा पुगेर र्याली समापन गरिएको थियो । र्यालीमा मकवानपुरका राजनीति संगठनका महिला, विभिन्न स्थानीय तहका महिला जन प्रतिनिधी, सहकारी, टोल विकास संस्थामा आबद्द महिलाको सहभागिता थियो ।
जिल्ला बचत सहकारीको र्याली
जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजनामा मकवानपुरका सहकारीकर्मीहरुले प्रचारप्रसारका लागि मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठका अनुसार हेटौँडा–५ क्याम्पाडाँडाबाट सुरु भएको र्याली चौघडा, चुच्चेखोला हुँदै मकवानपुरगढी गाउँपालिकामा रहेको मकवानपुरगढी दरबार, हेटौँडा–१७ स्थित सालक पार्क, हेटौँडा–१८ मा रहेको गुम्बाडाँडा लगायका प्रमुख पर्यटकीय स्थलसम्म पुगेको थियो ।
गढीदरबारमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवतीको पुडासैनीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रीन लगायतले भ्रमण वर्ष २०२० सफल बनाउँन मकवानपुरगढीमा विभिन्न पर्यटकीय क्षेत्रको संरक्षण तथा सम्बद्र्घन गर्नुपर्नेमा जोड दिएका थिए ।
र्याली आयोजक जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठले सहकारी अभियन्ताहरुले सामाजिक अभियानका विभिन्न क्रियाकलापमा पनि आफूलाई सक्रिय राख्नुपर्ने भएकाले सोही अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउँन मोटरसाइकल र्याली आयोजना गरेको जानकारी दिइन् ।