राजधानी र नाममा सहमती जुटाउँन नेकपा प्रदेश ३ को बैठक आज पनि

लोकखबर
२० पुष २०७६, आईतवार ०६:११

मकवानपुर । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा तथा नाम बागमती राख्ने नेकपा सचिवाल बैठकले गरेको निर्णयमा जुटाउँन नेकपा प्रदेश ३ संसदीय दलको बैठक आज पनि जारी रहने भएको छ ।

शुक्रबारबाट सुरु भएको बैठकमा बोल्ने नेताहरुले राजधानी तथा नामको विषय टुंग्याउँने अधिकार आफूहरुलाई भएपनि पार्टी केन्द्रले निर्णय गरिसकेकाले पार्टीको निर्देशनबाट बाहिर जान नसकिने बताएको जनाइएको छ । पार्टी केन्द्रले आफ्नो अधिकार खोसेको भएपनि कम्युनिष्ट नेता कार्यकर्ताले केन्द्रको निर्णय मान्नुपर्ने संस्कार भएबमोजिम पार्टीको निर्देशनमा सहमती गरिनुपर्नेमा बैठकमा बोल्ने सहभागीले जोड दिएको एक सांसदले जानकारी दिए ।

बैठकमा शुक्रबार १७ र शनिबार २३ जना प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । ८० जना सदस्य रहेको बैठकमा बोल्न बाँकी सदस्यले आज आफ्नो धारणा राखेपछि निष्कर्षमा पुगिने बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*