कुष्माण्ड सरोवरमा मकर मेला सुरु
मकवानपुर । मकवानपुरको हेटौंडा ९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाममा बुधबा(आज) बाट एक महिने मकर मेला लागेको छ ।
रत्ना, कर्णा र कौशाबाहीको संगमस्थल कुष्माण्डमा बुधबार (आज) बाट सुरु मेला माघ महिनाभर लाग्ने कुष्माण्ड सरोबर त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए ।
अध्यक्ष न्यौपानेका अनुसार मंगलबार कुष्माण्डका मुल गुरु पण्डित मुरारी प्रसाद चालिसे र पण्डित बद्री सापकोटाले पुजा गर्नु भइ पूर्वाङ्ग गरिएको छ । कुष्माण्ड क्षेत्रमा बुधबार(आज) विहान ३ बजेबाटै भक्तजनको आगमन भइसकेको छ । एक महिने मेलामा २० वटा पूराणमध्ये पहिलो ब्रम्ह पुराण पण्डित चालिसे, विशिष्ट पुराण पञ्चाङ्ग निर्णायक समितिका पुर्व अध्यक्ष डा. माधव भट्टराइ, अग्नीहोत्रि आश्रमका गुरु डा. सिताराम खनाल लगायतले कथा वाचन गर्नेछन् । मेला समापनका दिन माघ २९ गते सामूहिक व्रतवन्ध गर्ने तयारी रहेको अध्यक्ष न्यौपानेले बताए ।
मेला सुभारम्भमा बुधबार (आज) पनि सामुहिक ब्रतबन्ध गराउँने कार्यक्रम रहेको उनले बताए ।