प्रधानमन्त्री ओली वामदेव गौतमका विषयमा कड्किएपछि …
काठमाडौं । नेकपा सचिवालय बैठकमा पार्टीका नेता वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएपछि बुधबार साँझ बालुवाटारमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसंग छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले बैठकको निर्णयविपरीत गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन नगरी युवराज खतिवडालाई निरन्तरता दिने चेतावनी दिएपछि नेकपामा अहिले नयाँ तरंग आएको छ । पार्टी सचिवालयको बैठकबाट निर्णय गर्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री आफैं त्यस विपरित जान थालेपछि छलफल भएको हो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेता नेपालसंग आफूलाई एक्ल्याउँने काम भइरहेको भन्दै आक्रोश पोखेका छन् ।
भेटमा ओली आफूलाई खेलाउँने काम भएको भन्दै अब खतिवडालाई नै निरन्तरता दिने भन्दै कड्कीएको जनाइएको छ । ओलीको आक्रोशमा नेता नेपालले पार्टीको नीति तथा विधि बमोजिम चल्नका लागि सुझाव दिए । पार्टी सचिवालयले गरेको निर्णय चित्त नबुझे बैठक डाकेर अर्को निर्णय गराउँन नेता नेपालले ओलीलाई भनेको बताइएको छ ।