कोरियाका नेपालीलाई डाक्टरको सल्लाह-कम्तीमा ८ घन्टा सुत्‍नुस्

लोकखबर
१७ फाल्गुन २०७६, शनिबार ११:१६

मकवानपुर ।कोरियामा रहेका नेपाली डाक्टर राजेश चन्द्र जोशीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न नेपालीहरुलाई सुझाव दिएका छन्। उनले भीडभाडमा सकेसम्म नजान, जानैपरे मास्क प्रयोग गर्ने, नियमितरुपमा हात धुने, तातो पानी प्रयोग गर्ने, नियमित खानपान गर्ने, यस्तो बेला ब्रत नबस्ने, रोग प्रतिरोधी आत्मरक्षा प्रणाली विकास गर्नेजस्ता महत्वपूर्ण सुझाव दिए।

‘कोरियामा कोरोना भाइरसको अवस्थाु सम्बन्धमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले हात मजाले मिचेर धुन आग्रहसमेत गरे। ‘हातले आखाँ, नाक, मुखमा नछुने, हाँछ्यू गर्दा बाहुलाले छेकेर मात्र गर्ने, रुघाखोकी र ज्वरो आएको मान्छेसँग बच्ने, त्यस्तो व्यक्तिको नजिक नजाने, गर्भवती र महिला र वृद्धले अझ बढी सचेत हुनुपर्छ,’उनले भने। उनले कम्तीमा पनि ८ घन्टा सुत्न आग्रह गरे। ‘काम गरिसकेपछि शरीरलाई आरामको आवश्यकता हुन्छ। त्यसैले कम्तीमा ८ घन्टा सुतेको राम्रो,’उनले भने।

केहीगरी ज्वरो वा खोकी लागिहाले डाक्टरको सल्लाहअनुसार औषधि खाने र तीन चार दिनसम्म ठीक नभएर हेल्थ पोस्ट वा १३३९ मा डायल गरी सहायता लिन सकिने उनले जानकारी दिए। त्यस्तै एरिया कोडसँगै १२० मा कल गरेर पनि आवश्यक सहयोग लिन सकिने उनले बताए।

कोरियामा शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९३१ पुगेको छ।

काम छाडेर कोरिया बसेका नेपाली कामदारलाई २ महिना समय थप

दक्षिण कोरियामा काम छाडेर नयाँ कामको खोजीमा रहेका कामदारले दुई महिना थप समय पाउने भएका छन्। नेपाली दूतावास दक्षिण कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलाले ‘कोरियामा कोरोना भाइरसको अवस्थाु सम्बन्धमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै काम छाडेर बसेका सम्पूर्ण नेपालीको २ महिना समय थप हुने बताएका हुन्।

कोरियामा कम्पनीबाट पाउने रकम भने कोरियन कम्पनीसँग लिन सामसुङको विमा र टिकटको रकम नेपालबाट पनि पाउन सकिने बास्तोलाले जानकारी दिए। कोरोना भाइरस संक्रमणबारे अनलाइनबाट विभिन्न सेवाहरु दिन सुरु भएकाले भौतिकरुपमै उपस्थित हुन नपर्ने बास्तोलाले बताए। भाइरसबाट सचेतना जगाउन एनआरएनसँग मिलेर कार्यक्रम गर्दै आएको र आफूहरु गम्भीर रहेको उनको धारणा थियो।

‘कोरियामा असहज परिस्थिति रहेपनि कोही नेपाली कामदार आत्तिनु पर्दैन। कोरियन सरकारले कोरोना भाइरस सचेतनातर्फ विशेष ध्यान दिएको छ,’ बास्तोलाले कार्यक्रममा भने। उनले कोरियन सरकारले नियमितरुपमा दिने सूचनालाई पालना गर्न नेपालीहरुलाई अनुरोधसमेत गरे। अहिले कोरियाको थेगु सहर कोरोना भाइरस संक्रमणको मारमा परेको छ।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*