लामो दूरीका यात्रुबाहक सवारी भोलिदेखि नचल्ने, कति हो लामो दूरी ?
मकवानपुर ।कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै सोमबार अर्थात भोलिदेखि लामो दूरीका यात्रुबाहक सबारीसाधन चल्ने पाउने छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार देशबासीको नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि लामो दूरीका सवारीसाधन चलाउन रोक लगाएको घोषणा गरेका थिए ।
उपत्यका छोडेर बाहिरिने सर्वसाधारणको संख्या अत्याधिक भएको र जिल्लाहरुमा पनि कोरोना संक्रमणको जोखिम हुने भन्दै सरकारले लामो दूरीको यात्रामा रोक लगाएको हो ।
लामो दूरीको सवारी साधान चल्न रोक लगाएपछि मानिसहरु कहाँसम्मको सवारी साधन लामो र कहाँ वा कति दूरी सम्मको सवारीसाधन छोटो दूरीमा पर्छ भन्ने अन्यौलतामा देखिएको छन् ।
नेपालको कानुनअनुसार २५ किलोमिटरसम्मको यात्रालाई छोटो दूरी मानिन्छ भने २५ देखि २५० किलोमिटरसम्मको लागि मध्यम र २५० किलोमिटरभन्दा बढीको यात्रालाई लामो दूरीको सूचीमा राखिएको छ ।
अब तपाईं उपत्यका बाहिर जान खोजिरहनु भएको छ भने कति दूरी तय गर्दै हुनुहुन्छ विचार गर्नुहोला ।
यात्राका क्रममा सावधानी अपनाउन जरुरी छ ।
बाहिर खाना खाने, भीडभाडमा जाने, मध्यपान, धुम्रपान नगर्ने । मानिसहरुसँग हात नमिलाउने, मास्क लगाउने लगायतका कार्य गरि सुरक्षा अपनाउन जरुरी छ ।खबरहब डटकमबाट