मधुमेह र प्रेसरका रोगीलाई कोरोना संक्रमणको जोखिम
विश्वको टाउको दुखाईको विषय बनेको छ यतिबेला कोरोना भाइरस अर्थात कोभिड–१९ । नेपालमा अहिलेसम्म ६ जनामा ‘कोभिड १९’ संक्रमण भएको पुष्टि भइसकेको छ ।
नेपालमा संक्रमण भएकाहरु सबै विदेशबाट आएका नै छन् । तीन जनामा चैत ४ गते कतार हुदै आएको एउटै जहाजका यात्रु भएको पुष्टि पनि भइसकेको छ ।
वल्र्ड ओ मिटरका अनुसार ताजा अवस्थामा ५३ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने दश लाख जना भन्दा बढी संक्रमित भएका छन् ।
यो भाइरसले विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई च्याप्ने गरेको पाइएको छ ।
एक रिर्पाेटका अनुसार कोरोना भाइरसको संक्रमण मधुमेह र उच्च रक्तचापका बिरामीलाई खतरनाक हुने गरेको पाइएको छ । दि लैन्सेटमा प्रकाशित एक रिपोर्टका अनुसार मधुमेह र उच्च रक्तचाप भएका ब्यक्तिमा कोरोनाको संक्रमण हुने संभावना रहेकाले सावधान हुनु आवश्यक हुन्छ।
रिपोर्टका अनुसार यी रोगका बिरामी सेवन गर्ने औषधिलाई एसीई (एन्जियोटेन्सिन कन्भर्टिगं एन्जाइम) भनिन्छ । यसले मानिसको कोषमा असर पार्ने काम गर्दछ । वैज्ञानिकका अनुसार ती औषधिले कोषमा असर पार्दा कोरोना भाइरसलाई आक्रमणका लागी सहज बन्ने गर्दछ ।
विश्वभरका करौडौं मधुमेह तथा उच्च रक्ताचापका बिरामीहरु रोग नियन्त्रणका अनुसार यस प्रकारको औषधिको सेवन गर्दछन् । अब यो नियमित औषधि खाने मधुमेह तथा उच्च रक्तचाप बिरामीलाई यो लाग्न सक्छ कि तत्काल यौ औषधि छोड्नु पर्ला ।
तर स्वास्थ्य विशेषज्ञका अनुसार बिना चिकित्सकको सुझावले यी औषधीको सेवन बन्द गर्नु हुदैन । बरु यसका लागी रोग प्रतिरोधात्मक शक्ति बढाउनु पदर्छ भन्ने विज्ञहरुले सुझाएका छन् ।
यो माहामारीबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले बेलैमा आफ्नो स्वास्थ्यमा सावधानी अपनाउनु पर्दछ ।