कांग्रेसचोकका ३५ जनालाई लायन्स क्लव अफ मकवानपुरको राहत
मकवानपुर । लकडाउनका कारण विहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका विपन्न परिवारलाई लायन्स क्लव अफ मकवानपुरले आज (शुक्रबार) राहत वितरण गरेको छ ।
लायन्स क्लव अफ मकवानपुरले हेटौंडा २, कांग्रेचोकका ३५ घरपरिवारलाई खाद्यान्न लगायतका विभिन्न आवश्यक सामग्री सहयोग गरेको जनाइएको हो ।
दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाएका परिवार लक डाउनका कारण काम गर्न नपाएपछि भोकै बस्नु नपरोस् भनेर लायन्स क्लव अफ मकवानपुरका आइपीपी रविन्द्र घिमीरेले राहत वितरण गरेका हुन् ।