लक डाउनमा ज्येष्ठ नागरिक र एकल महिलालाई सुनील मोक्तानको सहयोग
मकवानपुर । मकवानपुरको हेटौंडा १५ स्थित दिव्य सेवा ज्येष्ठ नागरिक आश्रय स्थललाई दश बोरा चामल खाद्यान्न सहयोग गरिएको छ ।
हेटौंडा अस्पताल विकास समितिका पूर्व अध्यक्ष, हेटौंडा १५ का युवा नेता सुनील मोक्तानको अग्रसरतामा आश्रय स्थलका ज्येष्ठ नागरिकका लागि एक महिनाका लागि आवश्यक चामल सहयोग गरिएको हो । युवा नेता मोक्तानले पाँच बोरा सहयोग गरेका हुन् भने केशरसिं भोम्जन , कविता आले, शुष्मा फुयाल, सानु थिङ र सरिता मोक्तानले एक-एक बोरा चामल सहयोग गरेका हुन् ।
लक डाउनका कारण आश्रय स्थलको संरक्षणमा रहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न अभाव भएकाले ज्येष्ठ नागरिक आश्रयस्थल परिवारबाट सहयोगका लागि आग्रह भएपछि आफूले एक महिनाका लागि आवश्यक चामल सहयोग गरेको मोक्तानले बताए ।
ज्येष्ठ नागरिक आश्रयस्थलका अध्यक्ष चम्फुसिं वाइवालाई सहयोगबापत चामल हस्तान्तरण गरिएको कार्यक्रममा आश्रयस्थलका केन्द्रिय अध्यक्ष टिआर निरौला, आश्रय स्थलका प्रमुख सुनिता वाइजी लगायतको उपस्थिती थियो । मोक्तानले हरेक वर्ष आफ्नो जन्म दिनमा यो आश्रय स्थलका ज्येष्ठ नागरिकको स्वास्थयका लागि आवश्यक आर्थिक सहयोग पनि गर्दै आइरहेका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष मोक्तानले अस्ति चैत २४ गते हेटौंडा १५, पनेस टोलका दश जना एकल महिलाका लाग खाद्यान्न राहत सहयोग गरेका थिए । स्थानीय अगुवा दीपक भोलनको समन्वयमा टोलका एकल महिलालाई चामल, दाल, नुन, तेल लगायत खाद्यान्न सहयोग गरिएको हो । राहत हस्तान्तरणमा टोल विकास संस्था समन्वय समितिका अध्यक्ष सिंहबहादुर विश्वकर्मा, पनेस टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र तितुङ लगायतको उपस्थिती थियो ।
दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका ज्येष्ठ नागरिक र पनेस टोलका एकल महिलालाई खाद्यान्न सहयोग कार्यक्रममा इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाले संयोजन गरेका हुन् ।
हेटौंडा १५ को विभिन्न टोलका कोरोना भाइरस (कोभिड १९ ) का कारण लक डाउन गरिएपछि दैनिक ज्याला मजदुरीको भरमा छाक टार्दै आइरहेका अति विपन्न ५१ परिवारलाई मोक्तानले यस अघि आवश्यक खाद्यान्न सहयोग गरिसकेका छन् ।