कोरोना माहामारीमा रुपचन्द्र विष्टको सम्झना

देवीप्रसाद गौतम
३० चैत्र २०७६, आईतवार १०:०६

यसअघि ‘कोरोना भाइरसले सिकाएको पाठ’ शीर्षकमा लेख छापिएको छ । त्यो पढ्ने पाठक वर्गले अहिलेको यो लेख अलि बुझ्नुहुन्छ । त्यसमा थप चर्चा गर्न खोजेको छु ।
मैले पटक पटक आफ्ना विचार लेख मार्फत राख्ने गरेको हो । जस्तै– वर्ग यहाँ छ । यस्तो खबरदारी गरौं, देश विगार्न खोज्नेदेखि होसियार ! कति चाहिन्छ सम्पत्ति ? र यस्ता अनेक विषय पाठक समक्ष राखेको छु । कसैले पढ्लान कसैले नपढ्लान ।
मानव जातिलाई भाइरसले चुनौती दिएको छ । मै हुँ शक्तिशाली भन्ने महत्वकांक्षा राख्ने शक्तिलाई झुकाएको छ । हामी मानिस मात्र हौं । प्रकृति होइनौं । आखिर प्रकतिलाई जित्यौं भन्ने भान भएको थियो होला । प्रकृतिमाथि विजय हासिल ग¥यौं भन्ने लागेको थियो होला । सम्पतिको पछि लाग्यौं होला, कमायौं वा कमाएनौं थाहा भएन, पैसा चपाएर हुँदो रहेनछ । खान पाउँनु ठूला कुरा रहेछ । बाँच्नसक्नुपर्ने रहेछ । कसरी बाँच्ने ? औषधी बनाएकै थियो । डाक्टर थिए बढे बढे । अस्पताल थिए, प्रकृतिले सानो–ठूलो भनेन । जात भनेन, धर्म छाडेन । हामी जातधर्म खोजीरह्यौं । उसले मानव जातीलाई जहिले नै सम्मान गर्न खोज्यो । हामी असमानता गर्दै गयौं । ०७२ को भूकम्पमा पनि झारमा सुतेर टुडीखेलमा खुला ठाउँमा परिवार लिएर गएर, घरमा ताल्चा लगाएर बस्न प¥यो ।
चार वर्षमा हामीले विपत्ति बिर्सियौं । चार वर्ष पूरा भए भएर पाँच वर्ष लाग्न नपाउँदै अर्को विपत्ति आइलाग्यो । तर मानिसले होस गुमाएर केही कमाउन, शोषण, भ्रष्टाचार, अत्याचार गर्न छाडेन । माक्सवादको चेतना, रुदानेको थाहा, माहात्मा गान्धीको आदर्श, बुद्दको उपदेश सुन्ने, पढ्ने तर फेरि उही कुकुरको पुच्छर ढुङ्ग्रो भित्र दश वर्ष राखेर बाहिर निकाल्दा फरि उही बांगो भनेजस्तो ।
भाइरसका कारणले गर्दा मानवीय संकट हँुदैछ । अब खानेकुराको संकट आउँदैछ । रोजगारी छैन । दैनिक कमाएर बालबच्चा पाल्ने गरीब परिवारको हुर्मत लिएको छ । अलि हुने खानेले बजारमा बिक्री हुन्जेल किन्छन् । किन्न नसक्नेले के खाइ रहेको होला ? राहतका नाममा राजनिती गरिएको छ । यो राजनिती गर्ने बेला होइन थियो । तर गरिएको छ । आफ्ना आसेपासेलाई व्यापारीसंग राहत सामग्री मागेर आफू राहत बाँड्ने ठाउँमा उभिएर राहत बाँडेको फोहोर खिचेर मोबाइलबाट प्रचार गरिएको छ । सरकारले फोटो नखिच्नु भनेपनि मनले मानेको छैन । रुदानेले फोटोलाई महत्व दिनुभएको छैन । शरीर एउटा ढ्याक हो । उसभित्रको गुण महत्वपूर्ण हो भन्नु भएको छ । राष्ट्रिय पंचायतमा बोल्दा प्रधानमन्त्रीलाई तेरो यो शरीर ढ्याक हो भन्नुभएको छ । जन्म दिवस मनाउँन घोर विरोध गर्नुहुन्थ्यो । यहाँ आम कसैको घरमा कुकुरको जन्म भए पनि जन्म दिवसको शुभकामना भन्ने गरिन्छ । जन्म सार्थक होइन, उसले गर्ने कर्म महत्वपूर्ण हुन्छ । उसको ख्याती महत्वपूर्ण हो ।
क्युवाका शिक्षा स्वास्थ, मन्त्री चेग्वेभारा थिए । उनी बोलिभियाली दक्षिण अमेरिकी क्षेत्रमा मुक्ति आन्दोलनका निम्ति संघर्षमा गए । त्यहाँ अमेरिकी अपराधीहरुले घेराबन्दी गरी हत्या गरे, उनले क्युवामा बनाएको स्वास्थ्य नितीले यति प्रगति गरेछ । वुहान शहरमा त्यहाँका डाक्टरहरु गएर विरामीको उपचार गरे रे । त्यहाँबाट र भियतनामबाट डाक्टरहरु सरसामानसहित इटली गए रे भन्ने मिडिया, सामाजिक संजालमा हेर्न र बुझ्न पाइयो । यो किन भनिएको हो त, सर्वप्रथम मानव जीवन बचाउँने हो, धन बनाउँनतर्फ भयौं लागे, तर मानव र आफ्ना जनता बचाउन सकेनन् । अरुका देशमा आतंककारीका नाममा हस्तक्षेप गरी बम खसालियो, सबै सके नसकेको गरे । तर आज नागरिक बचाउन मुस्किल प¥यो ।
भाइरसले रुप फेरेको कुरा आएको छ । हिजोका लक्षणमा आज फरक आएको छ । यसले रुप फेरेको छ । थाहा नपाउँने गरी आएको कुरा समाचारमा आएको छ । एक भारतीय डाक्टरलाई त्यस्तै भयो र उनको मृत्यु भयो ।
कयौं दिन बन्द हुँदा कृषिक्षेत्रमा काम कसरी गर्ने ? रोजगारीहरु सुचारु कसरी गर्नेतर्फ कुनै सोच देखिदैन, कयौं सावधानी अपनाएर, सुरक्षा घेरा बनाएर काम गर्न सकिन्थ्यो । जस्तै तामाकोशीको काम थालिएको समाचार आयो, राम्रै कुरा हो । हामी सबै क्षेत्रमा चुप लागेर घर भित्र बस भनि मख्ख परौंला, भोलि विहान उठेर खाने के ? के सोचिरहेको छ सरकारलाई ? कारियाले सावधानी अपनाएर काम थालि सकेको छ । हाम्रो भारतीय सीमामा के भइरहेको छ ? त्यसलाई कसरी व्यवस्थित गर्ने ?
देशमा सीमा लक डाउन गरेर देशभित्र निश्चित सीमा तयार गरेर कति काम गर्न सकिन्थ्यो होला । यहाँ रुदानेको राष्ट्रिय पंचायतमा बोलेको एक टुक्का राख्न खोजे – कसैका टाउका मालिक टाउनका होइन, कसैको टाउका दास टाउका होइनन् । ‘ संसार घुमेका मान्छेहरु भन्छन्, स्वर्ग भनेर मान्छेले कल्पना गरेको ठाउँ त यही नेपाल हुनुपर्छ । यस्तो अचम्मको मुलुक त कतै छदैछैन ।’ भन्नुभएको छ ।
रुदानेको कविता :
व्यक्तिकरण
छिमेकीकरण
जातियकरण
कर्मचारीकरण
तावेदारीकरण
परमुखीकरण
व्यापारीकरण
यस्तो राजनिती समाजमा छ । यो राहतबारे मेरो भनाई हा, ल फलानो व्यापारीले बाँड्यो रे । तिमीहरुले के ग¥यौ, अर्को चुनावमा भोट नहाली घरमा बस्ने रे । हैन अब राजा आउँछ रे,यी र यस्ता कुरा समाजमा सुन्न पाइन्छ ।
लक डाउनका समयमा घरमा कति बस्ने ? कति खाने, के गरेर बस्ने समस्या छ । दिनको चार पटक फोटो हाल्ने, टिकटक बनाउँने अनेकथरी, घोचपेज गर्ने, यति कमिसन खायो, उति खायो, व्यक्ति व्यक्तिले समाचार हालेको छ । कसको कुरा आधिकारिक मान्ने ? जे मन लाग्यो त्यही पोष्ट गरेको छ । यस्तो नहुनुपर्ने हो । हामी मानव हौं । यस्तो संकटपूर्ण घडीमा छौं । फेरि रुदानेकै भनाई आउँछ ‘ निष्पक्ष सक्रियताको अभ्यास’ यो के भनेको होला, यस शब्दका बारेमा एउटा पुस्तक लेख्न सकिन्छ । मैले अलि बुझे अनुसार मानिस निष्पक्ष हुनुप¥यो । अनि सक्रियतापूर्वक अभ्यास गर्नुस् भनेको हुनुपर्छ । स्वार्थी अभ्यास के काम ? हरेक मानिस स्वार्थी छ । निस्वार्थी हुन सकिएन ।
काठमाडौं वडा कार्यालयमा राहतका बारेमा झगडाहरु पोष्ट गरेको छ । तपाईं पोष्ट गर्ने व्यक्ति त्यो ठाउँमा भए के गर्नुहुन्छ ? तपाईंलाई भन्न प्रचार प्रचार गर्न सजिलो छ । तर काम गर्ने ठाउँमा उभिनुस्, त्यहाँ गारो छ नि । सुनका सिक्री, हातमा बाला लगाएका व्यक्ती राहत लिन आए रे । राहत लिन जाँदा घरमा आगलागी भएछ रे । राहत लिन जाँदा घरमा आगलागी भएछ रे । घरमा आउँदा लुकाएर राखेको रुपैंया जलेछ रे, यी यस्ता समाचार आइरहेका छन् । हो त्यही भएर ‘शासन सत्ता’ भनेका के हो ? शासन भनेको अरुमाथि कानून लगायत पालना गर्न लगाउँने हो, सत्ता भनेको अधिकार हुँदै हो । अब यहाँ विचारणीय कुरा के छ भने, हेटौंडामा १९ वडा छन् । एक वडामा कति जनसंख्या छ, कति रोजगारी छ , कति कर्मचारी, वकील, डाक्टर छन् । कति मजदुर छन् । डेरावाला कति छन् । बसाइ सरी आउँने जाने कति छन् । कतिले घर बनाउँदैछन्, कति बालबच्चा छन् । कति वृद्दवृद्दा छन् । वृद्दभत्ता, पेन्सन खाने कति छन् ? यी र यस्ता विवरण भनेको पन्जिका हो । यो समग्र वडाको चित्र हो, त्यो आम चुनाव भएको कति भयो, सायद ०७५ वैशाख ३१ होला, कुनै रेकर्ड छैन । ल राहत आयो, टोल विकास संस्थाका अध्यक्षलाई फोन गरेर, ल तपाईंको टोलमा कति जना खान नपाउने छन्, पठाउनु होला भनेका रछ । उसले १० जना पठाउनुपर्ने ६० जनाको पठाएछ । जम्माजम्मी वडामा ३०० पाकेट रे । ल भएन फेरि छन् भनेको रछ । अब टिपी सक्यो, कसको नाउँ हटाउने, उसलाई अर्को पटक अध्यक्ष नै हटाइदिन्छ अब । खै, वडाले लगत राखिएको भए, आज यो ताल हुने थिएन, राज्य सत्ता चलाउन मन छैन या वुद्दि छैन, या जानेको छैन । थाहा भएन । कति मान्छे विदेश गा छ । कति आछ, केही थाहा छैन । बोर्डरमा कति आए, ति नेपाली आएकी भारतीय नि आए कुनै लेखाजोखा छैन । हुँदा हुँदा त्रिभुवन विमानस्थलमा भनेको मानेनन् प्लेन जबर्जस्ती ओरालेर यात्री ओर्लिएपछि नारा लगाउन थाले रे । यस्तो पनि कही हुन्छ । हालत हेर्नुहोस् । यि र यस्ता अनगिन्ति प्रश्न प्रश्न छ, हेर्नु त साना देश, सुन्दर भएर बाँचेका छन् । सानो जनसंख्या छ, केही नपुग्दो छैन । सबै चिज यहाँ छ । भाइरससंग जुध्ने औषधी यही जंगलमा छ । औषधी यही जंगलमा छ । औषधीबारे अनुसन्धान गर्ने पढेका युवा छन् । ति वैदेशिक कम्पनि औषधी कारखानामा जागीर खान गएँ । तिनलाई देशमा राख्न सकेनौ, डाक्टर नर्स विदेश गए राख्न सकेनौ, अदालत जानुस् अपराध गर्नेलाई दैनिक ल्याइरहेको हुन्छ । रेमिट्यान्सले देश चलेको छ । बारी बाँझै छन् गाउँमा, खानेकुरासम्म विदेशबाट ल्याउनुपर्ने हुन्छ । भ्रष्टाचारीले र कर्मचारी (सबै हैन) माफियाले सरकारलाई घेरामा राखेको छ । जगदम्बाका साहु, चाउचाउका साहुले कालो बजारी गरे, यस्तो अवस्थामा पनि अत्याचार छ । गोली ठोक्नुपर्ने अवस्था हो । बरु चिनिया व्यापारीले नेपाललाई आवश्यक पर्दा स्वास्थ्य सामग्री निशुल्क दिनुभयो । व्यापारीले कमाएपनि देशमा संकट पर्दा सहयोग गर्नेको उल्टो लुट छ । सरकारले समयमा नै होस् पु¥याएर जनतालाई कोरोनाबाट जोगाउँन हर प्रयास गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लाग्नु भएको छ । सेनाभन्दा प्रहरीको संख्या बढी चाहिने रहेछ । हरेक नागरिक स्वस्थ्य हुन सेना तालिम लिनुपर्ने रहेछ, हरेक नागरिक स्वस्थ्य ज्ञान भए झनै राम्रो । यी शिक्षा पाठ्यक्रममा राख्ने विषय हुन् । सबै कुरामा आगामी दिनमा ध्यान जाओस्, संक्रमितको संख्या बढ्न नदिउ, भाइरसबाट नेपाली बचुन । मृतकप्रति श्रद्दान्जली व्यक्त गर्दछु ।
‘हामी कसैका होइनौं, कोही हाम्रा होइनन्
हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो । ’
–जनमुखी सहकर्मी रुपचन्द्र विष्ट
जो जति शक्तिमा छ,
समाज सप्रे–बिग्रेकोमा,
त्यो व्यक्ति जिम्मेवार छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*