लक डाउनमा हेटौंडामा खुल्यो ‘कार्ट नेपाल’ बाट अनलाइन खाद्यान्न अर्डर सुविधा

लोकखबर
२ बैशाख २०७७, मंगलवार ०६:४८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अब अनलाइनबाट अर्डर गरी आवश्यक खाद्यान्न घरमै मगाउन सकिने भएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरस संक्रमणका कारण गरिएको लगडाउनले उपभोक्तालाई दैनिक उपभोग्य सामान पाउँन समस्या भइरहेको बेला कार्ट नेपालले आफ्नो सेवा सुरु गरेको हो ।

लक डाउनका समयमा निश्चित समयमा पसल खुल्ने र खोलिएको पसलमा समेत अत्याधिक भिड हुँदा जोखिम बढने सम्भावनालाई ध्यान दिनै हेटौंडाका युवा व्यवसायीले कार्ट नेपाल नामक अनलाइन व्यवसाय सुरु गरेका हुन् ।

अनलाइन व्यवसायमा ध्रुव अधिकारी, राजदेव बानियाँ, बैकुण्ठ लामिछाने लगायत सन्चालक रहेका छन् ।

कार्ट नेपालले उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यान्न सामग्री पानी, ग्याँस, तरकारी, माछामासु लगायतको सामानहरू अहिले कार्ट नेपालको फेसबुक पेज, फोन, म्यासेज, वेवसाईट मार्फत अर्डर गर्न सकिने संचालक ध्रुव अधिकारीले जानकारी दिए । लगडाउन पश्चात सेवालाई थप विस्तार गरिने संचालकहरुले योजना बनाएका छन् । संचालक अधिकारीका अनुसार एक हजार रुपैंया वा सो भन्दा बढीको मागलाई निःशुल्क र सो भन्दा कम अर्डर भएमा पचास रुपैंया सेवा शुल्क राखिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*