कविता :

इनार झै म

सिर्जना पुडासैनी
१० बैशाख २०७७, बुधबार १९:३५

जहाँ छु त्यही नै रहन्छु
न त बग्न पाउछु
न त खोल्सि खोल्सी दौडन नै
एउटा निश्चिति घेरा मा बन्द
म किनारा  नभएको इनार

सुनकोसी जस्तै सुसेल्न पाएको छैन
पहाडको कुनाकाप्चाबाट रसाउन पाएको छैन
सधियौ देखि को लेउको वरिपरि घुम्दै
त्यो बगर बगर बालुवामा दौडन पाएको छैन
म कुनै किनारा नभएको इनार

इनार को प्रतिबिम्ब म
म पनि त्यस्तै भएको  छु
घरको गेट नाघ्न सक्दिन
आफ्ना अभिव्यक्ति राख्न सक्दिन
मन को कुरा मनमै गाठो परेका छन
यस्तो हो है भनी अरुको कुरा काट्न सक्दिन
कुनै किनारा नभएको इनार झै

घरकै काम गर्नु पर्छ भनी दबाएका छ्न यहाँ
भान्सा भित्रै कयौ रुमलिदै रमाएका छन यहाँ
केबल कराइ र कुकर नै आफ्नु तक्दिर ठानि
घरको मुलि हौ भन्दै आस्वासन कमाएका छन यहाँ
कुनै किनारा बिनाको इनार झै

नागबेलीको लहराले बेरिए झै  बेरिएको छु
न स्वतन्त्र हिंड्न् नै पाउछु न त बोल्न नै
इनारले आफ्नु गहिराई आफुले मात्र नियाले झै
मेरा खुबी पनि त्यो गहिराईमा पुग्दै बिलिन हुँदै छन्
कुनै किनारा बिनाको इनार झै

इनारको पानी बाल्टिले निकाले पछि मात्र प्रयोग हुन्छ
म पनि अरुको निर्देशनबाट मात्र स्वाचालित हुन्छु
न त मेरा अन्तर भाब बुझिन्छ न त चाहाना नै
लुखुर लुखुर अरुको इसारामा नाच्न बाध्य हुन्छु
कुनै किनारा बिनाको इनार झै

लेउ,काइले ढाकिएको गोलाइमा सिमित भए झै
म पनि भान्साको चारकुना मै सिमिंत भएको छु
सानो झयालको सानो प्वालले धर्ती चियाइरहेछु
त्यही आफ्नु संसार ठानि दस नङ्ग्रा खियाइरहेछु
कुनै किनारा बिनाको इनार झै

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*