चोरीका घटना रोक्न नवप्रभात टोलबासी गस्तीमा
मकवानपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को संक्रमणको जोखिम नियन्त्रणका लागि गरिएको लक डाउनमा चोरीका घटना बढ्न थालेपछि हेटौंडा ६, चौघडामा नव प्रभात टोलका स्थानीय गस्ती गर्न थालेका छन् ।
नव प्रभात टोल विकास संस्थामा आबद्घ सदस्य तीन वटा समूहमा बनाई विहान १० बजेदेखि राती २ बजसम्म टोलमा गस्ती गरेका हुन् ।
गस्तीमा नेतृत्व गरिरहेकी टोल विकास संस्थाका अध्यक्ष शोभा घिमीरेका टोलमा चोरीका घटना बढ्न थालेपछि आफूहरुले समूह निर्माण गरेर गस्ती गरिरहेको बताइन् । ‘ लक डाउनका बेलामा टोलमा चोरीका घटना हुन थालेपछि टोल विकास संस्थामार्फत आफ्नो टोलमा आफैं गस्ती गर्न थालेका हौं ।’ अध्यक्ष घिमीरेले भनिन् ।
टोल विकास संस्था अध्यक्ष घिमीरेले नेतृत्व गरेको गस्तीमा कृष्णहरि सापकोटा, पुष्पा सापकोटा, विष्णु दाहाल, केशव चौलागाई, मनोज चौलागाईं, निशान चौलागाई, अम्बिका चौलागाई, समीर न्यौपाने, अनुप चौलागाईं, विकेश चौलागाई, राज ढकाल लगायतका खटिने गरेका छन्।
टोल विकास संस्थामा बालकृष्ण चौलागाई, राजेन्द्र चौलागाईं र केशव चौलागाईं सल्लाहकार रहेका छन् ।