गजल
बम बारुद बिनाको विश्व युद्द यो कस्तो, चाल भयो ?
धन सम्पत्ति को कुनै अर्थ रहेन सबै बेहाल भयो।
धनी गरिब साना ठुला सबैमा तिम्रो नजर पर्यो
जताततै हाहाकार महामारी र अनिकाल भयो।
लाखौको ज्यान लिईसक्यो अझै कति लिने हो ?
डर त्रासले भोक निन्द्रा हराएको एक साल भयो।
सत्य तेत्रा द्वापर युगमा झै सन्जिबनी फेला परोस!
कलियुग मा कोरोना दानव रुपि ग्रेटवाल भयो।
भिसा पासपोर्ट बिना नै तिमि विश्व भ्रमण गर्दैछौ
चाईना तिम्रो जन्मभुमी अन्य मुलुक ससुराल भयो।