कविता : म र उ

उषा अधिकारी
१८ जेष्ठ २०७७, आईतवार १०:२४

म,दिनभर आफ्नो कोठामा बसेर
 रमाउछु,
र उ,दिनरात त्यो खुल्ला आकाश मुनि बिताउछ।
म,यो खाने र त्यो खाने भन्दै घुर्की
लगाउछु,
र उ,सुख्खा चिउराको भरमा आफ्नो पेट भराउछु।
म,पानी पर्ना साथ छतमा गएर
 रुझ्छु,
र उ,ओत खोज्दै भौरातिन्छ।
म,नाइनास्ती गर्दै आमाबाबालाई पिर्छु,
र उ,आफ्ना भाइबहिनिलाइ फकाउदै सम्झाउछ।
म,आज यो तरकारी रहेछ म त खादिन भनेर रिसाउछु
र उ,आज यती भय पनि खान पाइयो भन्दै ईश्वरलाई आभार प्रकट गर्छ।
म,आफ्नो सबै मनकामना पूरा हुदाहुदै  संतुष्ट
हुदिन
र उ,मन भरिको आफ्नो पिडा लुकाएर आफ्नो मुहारमा काचो मुस्कान फेर्छ!
आखिर किन होला?
किन होला म सन्तुष्ट हुन नसेको र उस्ले मैले जत्तिकै सुबिधा नपाएको?
किन होला उ म जस्तै समान भए पनि म भन्दा भिन्न भएको?
किन होला मैले चाहेर  पनि उस्लाइ सहयोग गर्न नसकेको?
हाड ,मासु  र रातै रगत छ उसको  र मेरो शरीरमा पनि तर उस्को र मेरो जीवन छुट्टै भएको ?
– कक्षा १०, जीएस निकेतन, हेटौंडा 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*