लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्दै
काठमाडौं । कोरोना भाइरस९कोभिड १९० संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।
छलफलका लागि प्रधानमन्त्रीले आज ४ बजेका लागि विज्ञहरुलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार विभिन्न क्षेत्रका २५ जनालाई परामर्शका लागि बालुवाटार बोलाइको छ । प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समीक्षा र आगामी दिनमा अपनाउनुपर्ने मोडालिटीका बारेमा विश्लेषणसहित छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेको बालुवाटर स्रोतले जनाएको छ श्र
चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको छ भने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्नेमा सरकारले सरोकारवालासँग परामर्श थालेको हो ।
यसअघि कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिले बिभिन्न व्यापारी व्यवसायीसँग मंगलबार छलफल गरेको थियो । छलफलमा सहभागी उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउनुपर्ने र उद्योग सञ्चालन गर्न दिनुपर्ने माग राखेका थिए ।
सरकारले ३२ जेठसम्म लकडाउन घोषणा गरिसकेको छ ।
खबरहब डटकमबाट