सन्दर्भ : बालश्रमविरुद्द विश्वदिवस २०२०

कोभिडको माहामारी : बालश्रम अन्त्यको लागि चुनौती

प्रकाश खतिवडा
३० जेष्ठ २०७७, शुक्रबार ०७:३४


यस बर्षको बालश्रम विरुद्ध विश्वदिवस २०२० को नारा COVID 19 : Protect children from , now more than ever अर्थात बालबालिकालाई कोभिडको महामारीबाट बचाऔं, बालश्रम सधैंको लागि हटाऔं रहेको छ । बालश्रमविरुद्ध विश्वदिवस संसारभरि नै सन् २००२ देखि मनाउन सुरुवात गरिएको हो । अन्तर्राष्ट्रिय श्रम संगठनको निकृष्ट बालश्रम निर्मूलनसम्बन्धीमहासन्धि नं १८२ लाई अनुमोदन गरेको स्मरणमा हरेक वर्ष १२ जुनलाई बालश्रमविरुद्धको विश्वदिवसको रूपमाविश्वभरि नै मनाइने गरिन्छ । यसै सन्दर्भमा विगत वर्षहरू झै यस वर्ष पनि १२ जुन २०२० लाइ १९ औं बालश्रम विरुद्द विश्वदिवस संसार भरी नै मनाइदैछ ।
नेपालमा पनि सबै सरोकारबालाहरुको समन्वय र सहकार्यमा १२ जुनलाई नेपालबाट बालश्रमलाई अन्त्यगर्ने प्रतिबद्धताका साथकार्य गर्न र बालश्रम अन्त्यकालागिहातेमालो गरी अघि बढ्नका लागि उत्सवको रूपमामनाउनथालिएको छ । यसबर्ष राष्ट्रिय रूपमा अनलाईन जुमको माध्यमबाट युवा वर्ग लाई कृयाशील गराउने उद्धेश्यले विविध कार्य गर्न लागिएको छ ।
हामी सबैलाई थाहा छ कि, बालश्रमले आधुनिक दासताको रूपमा समाजमा जरा गाडेको छ । बालश्रम शोषणले बालबालिकाको आधारभूत मानव अधिकारको हनन गर्दछ । नेपालको संविधान २०७२ ले पनि बालश्रमलाई संवैधानिक रूपमा नै निषेधित गरेको छ । बालश्रम शोषणका कारण लाखौं बालबालिका शिक्षा लगायतका नैसर्गिक अधिकारबाट वञ्चित छन् । सन् २०२० को बालश्रमविरुद्धको विश्वदिवश बालबालिकालाई कोभिडको महामारीबाट बचाऔं, बालश्रम सधैंको लागि हटाऔं रहेको छ । कृषि, उत्पादन, निर्माण तथा खानी र सेवा प्रवाहमा बालबालिकाको श्रमको प्रयोगले अझै पनि संसार भरी १६ करोड ८० लाख बालबालिका श्रममा रहेको अवस्था छ । नेपालमा पनि लाखौ बालबालिका श्रममा संलग्न छन् । तर बर्तमान अबस्थामा कोभिड १९को महामारिका कारण बालश्रमिकहरु बढ्न सक्ने अांकलन गरिएको छ । हामी सबै नागरिक समाज, उपभोक्ता, सुरक्षाकर्मी, सरकारी कर्मचारी, पेशागत व्यवसायी तथा सामाजिक कार्यकर्ताहरूलाई बालश्रम अन्त्य गर्न, बालश्रमको प्रयोगलाई बहिष्कार गर्न तथाबालश्रमका विरुद्ध आवाज उठाउन अनुरोध गर्दछौं । साथै हामी आफनो समुदायमा बालबालिका माथि श्रम शोषण तथा दुव्र्यवहार भएको देखिएमा त्यसका विरुद्दमा आवाज उठाउन, बालबालिकाको संरक्षण तथाउनीहरुको सामाजिक सुरक्षाको साथ पारिवारिक पुनर्मिलनका लागि कार्य गर्न हार्दिक अनुरोध गर्दछौं
सुन्दर,समुन्नत र सभ्य समाजको निर्माणका लागि बालअधिकारको संरक्षण, सहभागिता र प्रर्वद्धनमा सवैको सक्रियता अत्यन्त आवश्यक हुन्छ । भावी चुनौतीहरुको सामना गर्दै समाज र देशलाई विकासको पथमा अगाडी वढाउन सक्ने नागरिक भनेको आजका बालबालिका नै हुन् । ति बालबालिका बालश्रमिक भए भने भावी पुस्ता कस्ता हुने हुन संझदै कहाली लाग्दछ ।
नेपालको संविधान २०७२ भाग ३ धारा ३९ मौलिक हक अन्तर्गत कुनै पनि बालबालिकालाई श्रममा संलग्न गराउन पाइदैन र यो दण्डनीय छ भनी उल्लेख गरिएको छ । यसको अर्थ प्रत्येक श्रम शोषणविरुद्ध बालबालिकाको मौलिकहक छ भन्ने स्पष्ट छ । यसैगरी बालबालिका सम्बन्धि ऐन २०७५ ले पनिबालबालिकाको आर्थिक, शारीरिक तथा मानसिक शोषण गर्न नपाईने भनी स्पष्ट किटानी गरेको छ । बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ ले १४ बर्ष भन्दा मुनिका बालबालिकालाई कुनैपनि हालतमा बालश्रम लगाउन नपाईने भनी उल्लेख भएको छ । १४ देखि १८ बर्ष मुनिका बालबालिकालाई जोखिमपुर्ण र खतराजन्य–जुन अनुसूचीमा उल्लेख गरिएको छ, श्रममानिषेध गरीएको छ ।
बालश्रमजस्तो सुकैको स्वरुपको किन नहोस् , औपचारिक होस वा अनौपचारिक बालश्रम भन्ने बित्तिकै त्यहाँ बालबालिकाको शोषण नै गरिएको हुन्छ । समाजमा देखिएको शोषणमुलक परिपाटि अर्थात हुने खानेले हुदाँखानेलाई गरिएको असमान सामाजिक, आर्थिक तथा राजनैतिकबिभेदको यो कारण र परिणाम दुबै हो । बालश्रम भनेको त्यस्तो श्रम हो जसले बालबालिकाको शिक्षापाउने अधिकारलाई कुण्ठित गर्दछ ।
बालश्रम कानुनीर सामाजिकअपराधहो । बालश्रम राख्नु भनेको नैतिकअपराधगरिएको हो पनीभन्न सकिन्छ । बालश्रमिकहरु बालअधिकारको आधारभुतआबश्यकता बाट बन्चित छन् । उनिहरुलाई शिक्षा, स्वास्थ्य, बाल सहभागिता र बाल संरक्षण बाट बन्चीत गराईएको छ । बालश्रमले समाजमाझनझन् गरिबि बृद्धि गर्दै गरिबिको दुश्चक्रलाई बढाउदछ र श्रृंखला बद्ध अपराधगर्ने भाबि डनहरुको उदय गराउछ । त्यसैले बेलैमा बालश्रम अन्त्यका लागि कदम चाल्न जरुरी हुन्छ । बालबालिकालाई श्रमबाट शिक्षा र आयमुलक शिपमा रुपान्तरण गर्नपर्ने हुन्छ । बालश्रमको अन्त्य र अन्य बालबालिकाहरु बालश्रममा संलग्नन हुन् भन्नाका खातिर सरकार र समाजका सबै बर्ग उत्तिकै कृयाशिल हुन आवश्यक छ । अझ स्पष्ट रुपमा भन्ने हो भने बालश्रम अन्तत्यका लागि स्थानीय सरकार, बाल संरक्षण समिति, महिला समूह, टोल विकास समिति, बाल समूह ÷ क्लब, युवा समूह , बालअधिकार स्थापितका लागि कृयाशिल नागरिक समाज र विकासका साझेदार संस्थाहरु बिच समन्वय र सहकार्य भई योजनाबद्द कार्य आवश्यक हुन्छ । बालश्रम र बालशोषण अन्त्यका लागि बाल सहभागितामा अभिवृद्दि हुनुपर्दछ तर यो कार्य ठोस रुपमा अगाडी बढाउन सकिएको छैन ।
निकृष्ट प्रकारका बालश्रम सबै क्षेत्रहरुबाट निषेध गरिनुपर्दछ । शारीरिक, मानसिक, बौद्धिक, सामाजिक, नैतिक विकासमा असर पर्ने गरी लगाइएको श्रम जसले बालबालिकाको शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित गराएर लगाइएको कामनै निकृष्ट प्रकारको बालश्रम हो । यसले बालबालिकाको दीर्घ जीवनमा नकारात्मक असर पार्ने र उनीहरुलाई अवसर, सुविधाबाट बञ्चित गराइएको, बाबुआमाबाट अलग्ग राखी लगाइएको कामहरु पनि निकृष्ट प्रकारको बालश्रम भित्र पर्दछ जुन बालबालिकाको विकासको अवरोधकको रुपमा लिइएको छ ।

  बालश्रम रोक्न के गर्न सकिएला?

१. चेतना मानिसलाई बदल्ने माध्यम हो । सूचनाले चेतना अभिवृद्दि गराउँछ । बालश्रमको कारण र यसले सबै क्षेत्रमा पार्ने प्रभावको बारेमा सचेतना जगृत गर्नुपर्दछ । सो कार्य थालिहालौ ।
२. बालश्रममा परेका बालबालिका, ति बालबालिकाका अभिभावक, बालश्रमिक बसेका घरवाला, बालश्रमिक राख्ने ब्यक्ति तथा छरछिमेकी समेतको सहकार्य बालश्रम रोक्न प्रभावकारी कदम हुन सक्छ । सरोकारवालाहरुको सर्वपक्षीय कार्य योजना तर्जुमा गर्ने र कार्यान्वयनमा ल्याउने ।
३. समाजमा परिवर्तन ल्याउन हरेक ब्यक्तिमा सकारात्मक परिवर्तन आउँनु पर्दछ । परिवर्तनको लागि व्यवहार बदलिनुपर्दछ । पुरातनवादी सोच त्यागी नविनतम् मूल्य र मान्यता स्थापित हुनु पर्दछ ।
नेपाल आईएलओ कन्भेन्सन २९,१०५,१३८ र १८२ मा रोजगारी गर्नका लागि न्युनतम उमेर परिभाषित गरेको छ र कामका लागि जबरजस्ति गर्न नपाईने भनी उल्लेख गरिएको छ । नेपाल सरकारले सन् २०३० सम्ममा पुर्णरुपमा बालश्रम उन्मुलन गर्न बालश्रम उन्मुलन सम्बन्धि राष्ट्रिय गुरुयोजना २०१८/२०२८ ल्याएको छ । गुरुयोजनाले सन् २०२० सम्ममा बालश्रममा रहेको शोषणकारी तथा खतराजन्य काम र २०२५ सम्ममा सबै प्रकारको बालश्रमको उन्मुलन गर्ने लक्ष्य राखेको छ । तर वर्तमान अबस्थामा कोभिड १९ का कारण चुनौती थपिएको छ ।
नेपाल सरकारले बालश्रम निरिक्षण, उद्दार र पुनःस्थापना सम्बन्धि एक मार्गनिर्देशन मस्यौदा तयार गरेको छ, साथै बाालश्रम अन्त्य गर्न बनेको राष्ट्रिय गुरुयोजना कार्यन्वयन योजना २०१८/२०२८ र बालश्रम मुक्त स्थानीय सरकारले लागू गर्न स्थानिय सरकारका लागि निर्देशिका समेत तयार गरेको छ । अबको बर्तमान कोभिड १९ को चुनौति संगै यी कार्यहरु क्रमश कार्यान्वयन गर्दै बालश्रमको रुपान्तरण हुने विश्वास लिएको छु । यसको लागि स्थानीय सरकारले बालअधिकारको क्षेत्रमा कृयाशिल सामाजिक ब्यक्तित्वको संलग्नतामा कार्य प्रारम्भ गरिहाल्नुपर्ने देखिन्छ ।
उपरोक्त धारणाहरुलाई मध्यनजर गर्दै बालश्रमका बिरुद्ध सचेतना जागृत गर्दै सरकारी र नागरिक समाजको संयुक्त प्रयासले बालश्रमको अन्त्य गर्न सकिन्छ । कोभिड १९ का कारण बढ्न सक्ने बालश्रमिकलाई मध्यनजर गर्दै स्थानीय निकायले दरो कदम चाल्न सकेको खण्डमा सहज रुपमा बालश्रमलाई रुपान्तरण गर्न सकिन्छ अर्थात बालश्रमिक बन्न सक्ने अवस्था नै नआउने कार्य गर्न पर्ने हुन्छ । बालश्रम भएपछि ब्यबस्थापन गर्ने होईन कि बालश्रम बन्न सक्ने बाताबरणमै रोक लगाउन सक्नुपर्दछ । प्रदेश र प्रत्येक स्थानयि पालिकाहरुले बालसहभागिताको लागि कार्यढाँचा तर्जुमा गरी त्यसलाई मुर्तरुप दिई बालसंरक्षणका लागि बाल सहभागिताका साथ अगाडी बढ्न सकियो भने कोभिड १९ को महामारीबाट बालबालिकालाई बचाउँन सकिन्छ ।

लेखक खतिवडा, बालकल्याण समाज मकवानपुरका अध्यक्ष हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*